कैलालीमा सडक पूर्वाधार तथा अन्य विकाश निर्माणका कार्य गर्दा पालना गर्नु पर्ने  नियमहरू 

जिल्ला प्रशासन कार्याल

धनगढी : कैलालीमा सडक पूर्वाधार तथा अन्य विकाश निर्माण कार्य गर्दा सम्बन्धित निर्माण व्यवसायीहरूले स्थानीय प्रहरी प्रशासन लाई जानकारी गराई गराउने लगायतका नियमहरू पालना गर्नु पर्ने भएको छ । आइतबार कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाको अध्यक्षतामा सडक पूर्वाधार निर्माण तथा सुरक्षण सम्बन्धी समन्वयात्मक बैठक विभिन्न सरोकारवालाहरूको उपस्थितिमा उक्त चार निर्णय गरिएको हो ।

यस्ता छन् ? निर्णयहरू…

१. सडक पूर्वाधार तथा अन्य विकाश निर्माणका सन्दर्भमा सहरी, घना बस्ती भएका क्षेत्र, विद्यालय क्षेत्रहरूमा सडक, भवन लगायतका निर्माण कार्य गर्दा, गराउँदा निर्माण व्यवसायीहरूले आफ्ना कामदारहरूलाई निर्माण कार्य गर्दा अपनाउनु पर्ने सावधानीका उपाय र सङ्केत चिन्ह राखी मात्र निर्माण कार्य गर्न गराउन निर्माण व्यवसायी मार्फत सरोकारवालालाई परिपत्र गर्ने।

२. निर्माण कार्य गर्दा सम्बन्धित निर्माण व्यवसायीहरूले स्थानीय प्रहरी प्रशासन लाई जानकारी गराई गराउने सडक निर्माण कार्यमा डाइभर्सन नभएको र विद्यालय क्षेत्रमा विद्यालय खुल्ने र फर्किने समयमा निर्माण कार्य रोक्ने ।

३. शिक्षा विकाश तथा समन्वय इकाई मार्फत विद्यालयहरूमा विद्यार्थीलाई समेत सडक अनुशासन तथा ट्राफिक नियम‌को पालना बारे प्याब्सन, एन-प्याब्सन लाई निर्देशन दिने।

४. जिल्ला भित्र हुने निर्माण कार्यमा अनिवार्य रूपमा स्थानीय प्रहरी इ‌काई‌ले सुरक्षणका उपाय पालना गरे, नगरेको अनुगमन गर्ने र सुरक्षाका उपाय, मापदण्ड पालना नगराई निर्माण कार्य गर्न रोक लगाउने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार