धनगढी उप-महानगरद्वारा धनगढीका सुपर मार्केटका प्लास्टिक झोला जफत

धनगढी उप-महानगरद्वारा धनगढीका सुपर मार्केटका प्लास्टिक झोला जफत

धनगढी : धनगढी उप-महानगरपालिकाले सोमबारदेखि पसल र सुपरमार्केटमा प्लाष्टिकजन्य बस्तु निषेधमा कडाईका साथ कार्यान्वयन गर्न लागेको छ ।

वातावरणमा प्रभाव परिरहेको भन्दै असोज १ गतेदेखि धनगढी बजारमा प्लाष्टिकजन्य बस्तु प्रयोगमा निषेध गर्ने निर्णय गरेको थियो । यद्यपी कार्तिकसम्म सो निर्णय उपमहानगरपालिकाले कार्यान्वयन गर्न सकेको थिएन । मंसिरको तेस्रो सातामा प्रवेश गर्दै गर्दा सो निर्णयको प्रभावकारी कार्यान्वयन गर्न उपमहानगरपालिकाकी उपप्रमुख कन्दकला रानाको नेतृत्वमा बजार अनुगमन अघि बढाइएको छ । सोमबार धनगढी उपमहानगरपालिककी उपप्रमुख कन्दकला रानाको संयोजकत्वमा सुपरमार्केटको अनुगमन गर्दै प्लाष्टिकजन्य झोला जफत गर्दै नष्ट गरिएको हो ।

धनगढी उपमहानगरपालिकाभित्र प्लाष्टिकजन्य झोला, माला, गिलास, प्लेट लगायतको प्रयोगमा कमी ल्याउन सुपरमार्केटकमा अनुगमन गरिएको उनले बताईन । उनका अनुसार सुपरमार्केट भाटभटेनी, विवि मार्ट, हेलो मार्ट लगायतमा अनुगमन गर्दै प्लाष्टिक झोला जफत गरिएको हो ।

सो क्रममा उपप्रमुख रानाले आगामी दिनमा प्लाष्टिकजन्य झोला प्रयोग नगर्न पनि सुझाव दिइन् । उपमहानगरपालिकाले प्लाष्टिकजन्य सामाग्रीका कारण वातावरणमा प्रभाव पर्ने भन्दै असोज १ गतेदेखि विक्री वितरणमा रोक लगाउने निर्णय गरेको थियो । यद्यपी कार्यान्वयनमा भने जान सकेको थिएन । सोमबार सुपरमार्केटमा रहेका प्लाष्टिक झोला नियन्त्रणमा लिइएको छ भने अन्यमा क्रमशः अनुगमन गर्दै पूर्ण रुपमा प्लाष्टिकजन्य झोलाको विक्री वितरणमा रोक लगाईने उपमहानगरपालिकाले जनाएको छ ।

उपभोक्ता क्षेत्रमा काम गर्दै आएका अधिकारकर्मी भने विकल्प बिनै प्लाष्टिकजन्य बस्तु निषेध गराउँदा निर्णय कार्यान्वयनमा कठिनाई हुने बताउँछन् । उपभोक्ता हित संरक्षण मञ्चका हरि रेग्मीले प्लाष्टिक झोला बोक्ने यहाँका मानिसको बानी सकेको र यसको विकल्प विनै निषेध गर्दा आम उपभोक्ता मारमा पर्ने बताए ।

उनले भने –‘वातावरणीय रुपमा प्लाष्टिकजन्य बस्तु निषेध उचित देखिन्छ तर, आम उपभोक्तालाई विकल्प नदिई निषेध गर्दा स–साना सामानहरु हातमा बोकेर जानुपर्ने अवस्था आउँछ ।’

उनले वातावरण बिदहरुसंग छलफल गरेर प्लाष्टिकको विकल्पका रुपमा कपडा तथा कागजको झोलाको व्यवस्थापन गर्नु उपयूक्त हुने बताए ।

धनगढी उपमहानगरपालिकाका बजार अनुगमन शाखाका सुरेन्द्र कार्कीले प्लाष्टिकको विकल्प उपमहानगरपालिकाले दिनुपर्ने कुरा उचित नभएको बताए ।

उनले भने –‘हामीले नगरलाई प्लाष्टिक मुक्त बनाउँछौं । यसको विकल्प आम उपभोक्ताले आफै व्यवस्थापन गर्नुपर्छ ।’

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार