SKIP THIS

धनगढी उप-महानगरपालिका

धनगढीमा खोलानाला सरसफाई अभियान सुरु

धनगढीमा जागौँ युवा संस्थाले खोलानाला सरसफाई अभियान सुरु गरेको छ।

धनगढीमा जागौँ युवा संस्थाले खोलानाला सरसफाई अभियान सुरु गरेको छ। आज (शनिबार) धनगढी उपमहानगरपालिका–८ मा रहेको शिवनगर नालामा सरसफाई गरेर उक्त अभियानको सुरुवात गरिएको हो।

शिवनगर खोलामा रहेको स्टिल पुल (सेल्फी पुल) मुनी रहेको फोहोर सफा गरेर अभियानको सुरुवात गरिएको सस्थाका अध्यक्ष नवराज जोशीले बताए। 

धनगढीका अधिकाशं खोलानालाहरु र्दुगन्धित रहेको र यो अभियानले खोलानालाको सरसफाई गर्ने तथा उक्त स्थानहरुमा फोहोर नगर्न जनचेतना फैलाउने कार्य गर्ने जोशीले बताए। 

धनगढीका अधिकाशं खोला नालामा तथा खोलाको छेउछाउमा फोहोर फाल्ने गरिएको देखिएको छ। खोलानालामा तथा सार्वजनिक स्थानमा फोहोर नगर्न धनगढी उपमहानगरपालिकाले पनि आग्रह गर्दै आएको छ। 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार