फूलबारी जेसिज वर्ष २०२३ का लागि अध्यक्षमा मनोज चौधरी चयन

फूलबारी जेसिज वर्ष २०२३ का लागि अध्यक्षमा मनोज चौधरी चयन

धनगढी : फूलबारी जेसिज वर्ष २०२३ का लागि अध्यक्ष पदमा वर्ष २०२२ का कार्यकारिणी उपाध्यक्ष मनोज चौधरी सर्वसम्मत चयन भएका छन्।

पौष २ गतेका दिन ज्येष्ठ नागरिक भवनमा भएको फूलबारी जेसिजको ८ औँ शाखा अधिवेशनले चौधरी लाई सर्वसम्मत चयन गरेको हो ।

फूलबारी जेसिज वर्ष २०२२ का शाखा अध्यक्ष विष्णु प्रसाद ओझाको अध्यक्षता मा भएको अधिवेशनले कार्यकारिणी उपाध्यक्षमा राम चन्द्र कार्की र जगदीश घर्ती मगर लाई चयन गरेको छ भने ४ जना उपाध्यक्षमा दीपक बिक, नवराज जोशी, कविता नेपाली र नन्दगोपाल राना लाई सर्वसम्मत चयन गरेको छ ।

त्यसै बाकी रहेका महासचिव, कानुनी सल्लाहकार र कोषाध्यक्ष पदमा भने नवनिर्वाचित अध्यक्षले पद स्थापना समारोहमा मनोनीत गर्ने छन्। कार्यक्रममा वर्ष २०१७ का अध्यक्ष लक्ष्मी राज ओझा वर्ष २०२० का अध्यक्ष विकास नेपाली निवर्तमान अध्यक्ष दिवाकर सिंह ठेकरे लगायतको उपस्थिति थियो।

सन् २०१५ मा संस्थापक सुनिल सुवेदीको अध्यक्षतामा स्थापना भएको फूलबारी जेसिजले विगत ७ वर्ष देखि युवा नेतृत्व विकास र सामाजिक कार्य गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार