सानाकिसान मालाखेतीको लकर तोडेर नगद चोरी

सानाकिसान मालाखेतीको लकर तोडेर नगद चोरी

कैलालीको गोदावरी नगरपालिका – २ मा रहेको साना किसान कृषि सहकारीको लकर तोडेर ५ लाख बढीको चोरी भएको छ । झ्यालको ग्रिल निकालेर भित्र पसेको चोरले लकर टुटाएर ५ लाख ६८ हजार ६ सय ३ रुपैयाँ चोरेर लगेको हो ।

सहकारीका मुख्य प्रबन्धक गोरख खत्रीले बिहान सहकारीमा सफाइ कर्मचार आउँदा चोरी भएको थाहा पाएको बताए । उनले सहकारीमा सिसिटिभि क्यामेरा जडान गरेको भएपनि चोरले क्यामेराको डिभाइस नै चोरेर लगेको बताए ।

अहिले प्रहरी सहकारीमा पुगेर अनुसन्धान गरिरहेको छ । इलाका प्रहरी कार्यालय मालाखेतीका प्रहरी निरिक्षक बासु देव भट्टले चोरले सहकारीको सिसिटिभि क्यामेरा चोरेर लगेकाले सडकमा जडान भएका अन्य क्यामेराको फुटेज चेकजाँच गरिरहेको बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार