थलीका संयोजक जोशीलाई नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कार प्रदान

थलीका संयोजक जोशीलाई नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कार प्रदान

धनगढी : बोलन्या थलीका संयोजक यादव जोशीलाई नेपाल जेसीजको उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको छ । नेपाल जेसीजको बिहीबार वीरगन्जमा सुरु भएको ४९ औँ राष्ट्रिय सम्मेलनको उद्घाटन समारोहमा उनलाई सम्मानित गरिएको हो ।

कृषि पर्यटन क्षेत्रमा उल्लेखनीय योगदान पु¥याएको भन्दै जोशीलाई उत्कृष्ट युवा पुरस्कार प्रदान गरिएको हो । जोशीलाई मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउत तथा नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष लालमणि भण्डारीले संयुक्त रूपमा स्वर्णपदक, प्रमाणपत्र तथा नगद पुरस्कार प्रदान गरेका थिए ।

डडेल्धुराको गन्यापधुरा २ का जोशी पश्चिम सेती जलविद्युत आयोजना निर्माण सङ्घर्ष समितिका प्रमुख पनि हुन् । उनी पश्चिम सेती अभियान,डोको अभियान, प्रधानमन्त्रीलाई एक लाख पत्र अभियान,बयल गाडा अभियान, जातीय विभेद विरुद्धको अभियानका नेतृत्व कर्ता पनि हुन् ।

जोशीकै नेतृत्वमामा कोरोना कालमा प्राणका लागि पाँच सय अभियान समेत सञ्चालन गरेका थिए । यस्तै जोशीले डडेल्धुरामा पुइलेक विमानस्थल निमार्णका लागि पनि अभियान सुरु गरेका थिए । यस्तै डडेल्धुराको सडक स्तरोउन्तीका लागि लास आन्दोलन पनि गरेका थिए ।

जोशीकै नेतृत्वमा डोटीको बुडरमा बलात्कृत छोरीहरूको सम्झनामा निमार्ण भइरहेको चेली स्वप्न बाटिका निमार्ण कर्ता पनि हुन् । उनले सुदूरपश्चिमको कला संस्कृति मौलिक प्रवर्धनका लागि बोल बोल बोलन्या थली गीत समेत बजारमा ल्याइसकेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार