माधव नेपाल सोचेजस्ता रहेनछन्, देउवाले धोका दिए : प्रचण्ड

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड
पुष्पकमल दाहाल प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल देखे र सोचेजस्ता व्यक्ति नरहेको टिप्पणी गरेका छन् ।

पदाधिकारीको बैठकमा ब्रिफिङ गर्दै उनले यस्तो बताएका हुन् । प्रचण्डको भनाई उद्धृत गर्दै एक पदाधिकारीले भने, “माधव नेपाल मैले सोचेजस्ता रहेनछन् । समग्र प्रक्रियामा माधव नेपालको भूमिका ठिक भएन । जता पनि अप्ठेरो पार्ने उनको स्वभाव रहेछ ।”

त्यसैगरी शेरबहादुर देउवाकै कारण गठबन्धन टुटेको प्रचण्डको भनाई थियो । “देउवा पूर्वसहमतिबाट पछि हटे, माओवादीलाई धोका दिन खोजे,” उनको भनाई थियो, “हामीसँग गठबन्धन हुँदाहुँदै एमालेसँग मिल्न खोजे । समय घर्काएर आफैं प्रधानमन्त्री हुने र एमालेको समर्थन लिने उनको रणनीति थियो । यो सबै बुझेपछि हामीले नयाँ पहल थालेका हौँ ।”

यसबीचमा एमालेसँग विभिन्न चरणमा कुराकानी भइरहेको दाहालको भनाई थियो । – बाह्रखरी

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार