यस्तो छ ? मिस पवि अभिनीत गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’

यस्तो छ ? मिस पवि अभिनीत गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’

काठमाडौं : चर्चित गायक सुनिल गिरीको नयाँ गीत ‘जुम्ला’ सार्वजनिक भएको छ । ‘को होला त्यो’ फ्रेम्ड गायक गिरीले शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् ।

सार्वजनिक भिडियोमा डडेल्धुराकी चर्चित टिकटकर मिस पबि र रोसन केसीको अभिनय रहेको छ । जुम्लामा छायाँकन गरिएको गीतमा गिरीले निलसागरसँग मिलेर शब्द दिएका छन् ।

संगीत र संगीत संयोजन भने उनी आफैले गरेका हुन् । भिडियोमा अभिनय गरेकी मोडल मिस पबी अर्थात पबित्रा साकी डडेल्धुराको स्थानीय भाषा बोलेर नै टिकटकमा चर्चित छिन्।

उनले डोटेली भाषामा बोलेको टिकटक भिडियोलाई दर्शकले रुचाउँदै आएका छन्। टिकटकमा करीब ९ लाख फ्लोअर्स भएकी मिस पवीले प्रतिनिधी सभाको चुनावका बेला प्रधानमन्त्री शेरबहादुरविरुद्ध लडेका सागर ढकालको पक्षमा मत मागेकी थिइन् ।

भिडियो सार्वजनिक कार्यक्रममा उनै सागर, जुम्लाबाट हालै प्रतिनिधिसभामा बिजयी सांसद ज्ञानेन्द्र शाही, सरसफाई अभियन्ता केपी खनाल लगायतको उपस्थिति थियो ।

गायक गिरीकै स्टोरी र कन्सेप्टमा तयार भएको भिडियोलाई शिशिर खातीले निर्देशन गरेका हुन्। जुम्लामा छायाङ्कन गरिएको भिडियोलाई बिवेक बिकले खिचेका हुन्। भिडियो गायक गिरीको अफिसियल च्इानलबाट बजारमा ल्याइएको हो ।

हेर्नुहोस् भिडियो ?

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

100%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार