नागरिक उन्मुक्ति पार्टी तत्काल सरकारमा नजाने

सुदूरका ११ महिला उम्मेदवार मध्ये  प्रतिनिधि सभामा एक्लै महिला सांसद रञ्जिताले प्रतिनिधित्व गर्ने

नागरिक उन्मुक्ति पार्टी सरकारमा नजाने भएको छ ।  डिल्लीबजार कारागारमा रहेका रेशम चौधरीसँग प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र पार्टीका शीर्ष नेताहरुको छलफलपछि पार्टीले सरकारमा नजाने निर्णय गरेको हो ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेर विश्वासको मत दिए पनि तत्काल सरकारमा नजाने निर्णय गरेको पार्टीले जनाएको छ ।

सरकारमा सहभागी हुन पार्टीले रेशम चौधरीलगायतको रिहाइ हुनुपर्ने माग नागरिक उन्मुक्ति पार्टीले अघि सारेको छ ।

त्यस्तै टीकापुर घटनापछि गिरिशचन्द्र लाल नेतृत्वको आयोगले तयार पारेको प्रतिवेदन सार्वजनिक गर्न पार्टीले माग राखेको छ ।

झूटा मुद्दाहरू खारेजको माग पनि पार्टीले अघि सारेको छ । आइतबार बालकोट पुगेकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठले पनि त्यहाँ पार्टीको तीन बुँदे माग राखेकी थिइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार