उपप्रधान र गृह मन्त्रालय लिएर रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा

उपप्रधान र गृह मन्त्रालय लिएर रवि लामिछानेको नेतृत्वमा रास्वपा सरकारमा

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री लिएर सरकारमा जाने भएका छन् । प्रतिनिधिसभामा रास्वपा २० सिटसहित चौथो ठूलो दल बनेको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाललाई प्रधानमन्त्रीमा समर्थन गरेसँगै रास्वपा सरकारमा जाँदैछ ।

सात महिनाअघि मात्रै दल खोलेर राजनीति सुरु गरेका लामिछानेले चुनावमा अपेक्षित सफलता हात पारेसँगै उपप्रधानमन्त्री बन्न पुगेका हुन् । ‘गृह मन्त्रालय पाउने निश्चित भएको हो, शपथका लागि तयारी गरेको छु,’ लामिछानेले इकान्तिपुरसँग संक्षिप्त प्रतिक्रिया दिँदै भने ।

उनले सञ्चारकर्मलाई पूर्णविराम लगाउँदै गठन गरेको रास्वपाले आम निर्वाचनमा राम्रो प्रदर्शन गर्दै संघीय संसद्‍मा प्रत्यक्ष र समानुपातिकसहित २० सिटमा जित हासिल गरेपछि उनी पार्टीको नेतृत्व गर्दै सरकारमा सामेल भएका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार