प्रहरी उपरीक्षक पालले कैलाली प्रहरी प्रमुखको कमाण्ड सम्हाले सँगै आपराधिक घटनामा कमी आउने विश्वास 

प्रहरी उपरीक्षक पालले सम्हाले कैलाली प्रहरी प्रमुखको कमाण्ड 

धनगढी :  कैलाली प्रहरी प्रमुखको कमाण्ड प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालले सम्हालेका छन् । उनले सोमबार जिल्ला प्रहरी कार्यालय कैलालीको प्रमुखको जिम्मेवारी सम्हालेका हुन् । 

गत पुस ४ गते पालको तालुक प्रहरी प्रधान कार्यालय, मानव श्रोत एवम् प्रशासन विभाग, कर्मचारी प्रशासन शाखाबाट कैलाली काजमा सरुवा भएको थियो। 

कैलाली जिल्लाका प्रहरी प्रमुख शोमेन्द्रसिँह राठोरको ठाउँमा पाल कैलालीमा आएका हुन ।

उनको नेतृत्वमा कैलाली प्रहरी रहेसम्म कैलालीमा हिजो आज दिनहुँ जसो भइरहेका विभिन्न घटना तथा तस्करीहरूमा कमी आउने विश्वास गरिएको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार