जब दार्चुलामा आमाले हेर्दाहेर्दै छोरा तुइनबाट खसेर महाकालीमा बगे

तुइन
तुइन

दार्चुलाको ब्यास गाउँपालिका–४ डोकटमा एक १० वर्षीय बालक तुइनबाट खसेर महाकाली नदीमा बेपत्ता भएका छन् ।

बिहीबार दिउँसोतिर नेपालबाट भारत जाने क्रममा डोकटका स्थानीय १० वर्षीय दीपेन्द्र विष्ट तुइनबाट खसेर बेपत्ता भएको ब्यास गाउँपालिकाका उपाध्यक्ष विनोदसिंह कुँवरले बताए ।

बिहीबारको घटना भएपनि दुर्गम क्षेत्र भएको हुँदा आज जानकारीमा आएको उपाध्यक्ष कुवरले जानकारी दिए । बिहीबार बिहान भारततिर खर काट्न गएकी आमाको पछि-पछि दीपेन्द्र आएको थाहा पाएनन् ।

आफू तुइन तरेर केही पर पुगेपछि छोरा पनि तुइनमा देखी पछि उनी फर्किएकी थिइन् । तर, उनी त्यहाँ सम्म पुग्दा दीपेन्द्र महाकालीमा खसिसकेको उपाध्यक्ष कुवरले बताए ।

दीपेन्द्र डोकटस्थित ब्रह्मस्थान आधारभूत विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिए । प्रहरीले पनि उक्त घटनाबारे यकिन जानकारी नभएको जनाएको छ ।

प्रहरीलाई महाकालीमा तुइनबाट खसेर बेपत्ता भएको खबर बुझ्न फोन आउन थालेपछि अहिले सुन्सेरा प्रहरी चौकीबाट बेपत्ता बालकको घरमा प्रहरी पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

तुइनबाट बेपत्ता भएका दीपेन्द्रका बुवा वैदेशिक रोजगारीमा छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार