गीत ‘अन्त नजर’ को भिडियो सार्वजनिक

गीत ‘अन्त नजर’ को भिडियो सार्वजनिक

शम्भु श्रेष्ठ र एलिना चौहानको स्वरमा रहेको गीत ‘अन्त नजर’ को भिडियो सार्वजनिक भएको छ । भिडियोमा कमल सिंह र अलिशा बास्तोलाको अभिनय रहेको छ ।

पछिल्लो समयका व्यस्त एवम् चर्चित सङ्गीतकार भीम बिसीको सङ्गीत रहेको गीतमा गायक श्रेष्ठ कै शब्द छ । गीतमा मौलिक शब्दहरूको सिर्जना सुन्न सकिन्छ । प्रेमी प्रेमिकाको सम्बन्धमा आउने अनेकौँ आरोह अवरोहको भाव लाई गायकले यस गीत मार्फत प्रस्तुत गरेका छन् ।

बिस वर्ष देखि सङ्गीतको क्षेत्रमा केही गर्छु भनेर सपना बोकेका गायक शम्भुले डेब्यू अहिलेकी युवा पुस्ता माझ चर्चित गायिका एलिना चौहान सँग सार्वजनिक गर्न पाउँदा उनी दङ्ग छन् ।

यस गीतको भिडियोमा उत्सब दाहालको छायाङ्कन र दिन्सन शाहको सम्पादन छ भने भिडियोलाई सन्तोष राजवहाकले निर्देशन गरेका हुन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार