‘ख्याल ठट्टा’मा राजेश पायल राईको एकल स्वर (भिडियो)

Khyal Thatta - Rajesh Payal Rai | Kiran Kc,Kamal Singh,Ashmita Jureli,Rohan Shrestha,Sudha Marhatta

निकै लामो समय देखि लेखन विधामा आफूलाई निखार्ने प्रयासमा गीतकार सुधा मरहट्टा अगाडी बढिरहेकी एक कुशल गीतकार हुन् । उनैको शब्द रचनामा तयार भएको ‘ख्याल ठट्टा’ बोलको गीत बजारमा सार्वजनिक भएको छ ।

गीतमा गायक राजेश पायल राईले एकल स्वर भरेका छन् । शंकर थापा स्माईलको संगीत रहेको गीतलाई उदय राज पौडेलले अरेन्ज गरेका छन् ।

गीतको भिडियो पनि निर्माण पक्षले राम्रो बनाउने प्रयास गरेको देखिन्छ । सशान कंडेलको निर्देशन रहेको भिडियोमा हाँस्य कलाकार किरण केसी, मोडल कमल सिंह, अश्मिता जुरेली र रोहन श्रेष्ठको अभिनय हेर्न सकिन्छ ।

यस्तै भिडियोमा पाहुना कलाकारको रुपमा कविता सुनामको पनि अभिनय देख्न सकिन्छ । दिपक गिरीले भिडियोको छायांकन गरेका छन् भने विकास दाहालले भिडियोको सम्पादन र कलर गर्ने काम गरेका छन् । प्रख्यात घिमिरेको भिडियोमा कोरियोग्राफी रहेको छ ।

भिडियोमा अनुराग रईगाई र सुधा मरहट्टाको लगानी रहेको छ । बिदेशमा बसेर नेपाली गीत संगीतको मोह त्याग गर्न नसकेकी गीतकार सुधा मरहट्टाले दर्शक श्रोताको साथ मिल्दै गयो भने आगामी दिन अझै राम्रो गीत बजारमा निकाल्ने बिश्वास ब्यक्त गरेकी छिन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार