माघीको माहोलमा तराई, पहाडमा नरहरी पर्व

मकर संक्रान्ति/ माघे संक्रान्ति तथा माघी पर्व

कागलाई दाउन राखेर पकाएका सेलरोटी दिएर सुदूरपश्चिममा नरहरी पर्व मनाइँदै छ । पुस ३० गते राति मीठा परिकार पकाएर माघ १ गते बिहान कागलाई सेलरोटी दिएर नरहरी पर्व मनाउने चलन रहेको छ । नरहरीलाई माघी पर्व र माघेसङ्क्रान्ति पनि भन्ने गरिन्छ ।

नरहरी मान्न पुस मसान्तमा दिनभरि तरुल खन्ने, गुड पकाउने र सेलरोटीमा राख्ने दाउन खोज्ने गरिन्छ । स्थानीय गिठी, सिमल, भिमललगायतका रुखका बोक्राबाट दाउन तयार गरिन्छ ।

पहिलो खाना कागलाई नरहरी पर्व मनाउन पुस मसान्तको राति नै खानाका परिकार पकाउने गरिन्छ । परिकार पकाउँदा पहिले कागलाई दिने सेलरोटी अलग गरेर केराको पात अथवा स्थानीय मालुको पातमा बेरेर पूजाकोठा अथवा शुद्ध पवित्र ठाउँमा राखिन्छ । कागका लागि परिकार छुट्याएर राखेपछि मात्रै घर परिवारका सदस्यले खानेकुरा ग्रहण गर्ने चलन रहेको छ ।

बेलुकी नै पकाएर तयार गरेका खानेकुरा माघ १ गते बिहान बालबालिकाले कागलाई बोलाएर दिने चलन रहेको छ । कागलाई शुभ खबर ल्याउने चराका रूपमा परापूर्वकालदेखि मानिँदै आएको छ ।

  • माघीको माहोलमा तराई

नयाँ वर्ष एवं ठूलो पर्व माघ (माघी-खिचरा)मा थारू समुदायले गुनगुनाउने मौलिक गीत हो, यो । पुर्खाहरूले सिर्जना गरेको यो लोकगीत थारू समुदायमा अहिले पनि लोकप्रिय छ ।

यस्तै परम्परागत गीतमा रमाउँदै तराईका भूमिपुत्र थारू समुदायका मानिसले माघ पर्व मनाइरहेका छन् । शनिबारदेखि माघको उल्लास यो समुदायमा सुरु भएको छ । थारू बस्ती माघसम्बन्धी गीतले गुञ्जायमान बनेको छ ।

माघ पर्व तीन दिनसम्म धुमधामका साथ मनाउने गरिन्छ । पुस अन्तिम दिन अर्थात् माघको पहिलो दिन सुँगुर मारकाट गर्ने (जिटा मार्ने) चलन रहेको छ । थारू सम्वत् र आर्थिक वर्षको यो अन्तिम दिन हो । वर्षभरिको दुःख, पीडा बिर्सेर यो दिन मासु, माछालगायत मीठा परिकार खाने र नाचगान गरेर रमाउने चलन रहेको छ । उहाँका अनुसार यस दिन मघौटा गीत गाउँदै मघौटा नाच नाचिन्छ । यसैगरी, धुनी जलाएर ढमार, ढुमरु गीत गाउँदै भलमन्साको घरमा जाग्राम बस्ने चलन छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार