‘सँग सँगै जुनी काटौँला’ गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक 

गायक द्वय दास र चौधरीको सुमधुर स्वर

‘सँग सँगै जुनी काटौँला’ गीतको नयाँ म्युजिक भिडियो सार्वजनिक 

काठमाडौँ : लोकप्रिय गायक प्रताप दास र अनु चौधरीको सुमधुर स्वरमा नयाँ म्युजिक भिडियो ‘सँग सँगै जुनी काटौँला ’ सार्वजनिक भएको छ।

प्रेम भाव झल्काउने यस गीतमा शब्द एल.पी शर्मा र रोहित देउवाको छ भने युवा सङ्गीतकार रोहित देउवाले प्रेमिल शब्दहरूको सम्मिश्रणमा सङ्गीत भरेका छन् ।

म्युजिक भिडियोमा सर्वप्रिय अभिनेत्री सञ्चिता लुइँटेल, एल पी शर्मा, भद्र जङ्ग कुँवर र मिस पवि फिचर्ड छन् । भिडियोमा युगल जोडी लाई प्रस्तुत गरिएको छ, एउटा जोडी गरिब भएपनी एक अर्का सँग निकै प्रेममा देखिन्छन् र सुखी जीवन बिताएको देखिन्छ भने अर्को जोडी धन सम्पतिमा सम्पन्न छन् तर पनि खुसी देखिँदैनन् । गीतको यस भिडियोले भविष्यको खुसीका लागि वर्तमानको खुसी लाई नमारौँ भन्ने सन्देश दिएको छ ।

भिडियोमा अनिल के मानन्धरको छायाङ्कन रहेको छ भने गौरव गिरीको निर्देशनमा भिडियो तयार पारिएको हो । भिडियो ‘रिदम भीड’ को आधिकारिक च्यानलमा सार्वजनिक गरिएको छ ।

निर्माण टिमले भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबैलाई आग्रह पनि गरेको छ।

सार्वजनिक म्युजिक भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस् ।

https://www.youtube.com/embed/MiFZ5uLteOk

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

92%

खुसी

0%

दुःखी

8%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार