सुदूरपश्चिमको उप-सभामुखमा चौधरी निर्वाचित

सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन् ।

धनगढी : सुदूरपश्चिम प्रदेशको उपसभामुखमा एमालेकी कोइली देवी चौधरी निर्वाचित भएकी छन् ।

५३ जना प्रदेश सभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा उनले २८ मत पाएकी थिइन् । ५३ जना मध्ये एक सभामुख बाहेक अन्य सबैले मत दिएका थिए ।

चौधरीले एमालेको १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाको १ मत पाइन् । उपसभामुखको अर्को उम्मेदवार नेकपा एकीकृत समाजवादी माया पन्तले २३ मत पाएकी थिइन् ।

आजै बिहान माओवादी केन्द्रका भीम भण्डारी पनि सभामुखमा निर्वाचित भएका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार