झरना थापाको ‘भगवत् गीता’मा बिपिन कार्की फाइनल

झरना थापाको निर्देशनमा बन्ने नयाँ फिल्म ‘भगवत् गीता’मा नायक बिपिन कार्की फाइनल भएका छन् । नायक सौगात मल्लको समय नमिल्ने भएपछी निर्माता सुनिल कुमार थापाले बिपिनसँग कागजी सम्झौता गरेका हुन् ।

सुहाना इन्टरटेनमेन्टको ब्यानरमा निर्माण हुने यस फिल्ममा धिरज मगर र सुहाना थापाको मुख्य भूमिका रहनेछ । माघ २० गतेबाट छायांकनमा जाने यस फिल्मलाई आगामी बैशाख १ गते रिलिज गर्ने योजना निर्माताको रहेको छ । अन्तरजातीय प्रेमकथामा निर्माण हुन लागेको फिल्मलाई जनकपुर, दार्चुला र मनाङ आसपासमा छायांकन गरिनेछ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार