व्यवसायीको सल्लाह सुझाव अनुसार काम गर्छु: उद्योग मन्त्री भण्डारी

व्यवसायीको सल्लाह सुझाव अनुसार काम गर्छु: उद्योग मन्त्री भण्डारी

काठमाडौं : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले व्यवसायीको सल्लाह सुझाव अनुसार काम गर्ने बताएका छन् ।

आइतबार नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघले आयोजना गरेको सम्मान तथा स्वागत कार्यक्रममा मन्त्री भण्डारीले पेट्रोलियम ढुवानी क्षेत्रमा रहेका थुप्रै चुनौतीलाई पन्छाएर काम गर्ने बताए । ‘यस क्षेत्रमा थुप्रै छन् । त्यस चुनौतीलाई सम्भावनाको रूपमा मैले लिएको छु,’ उनले भने ।

साथै उनले आफू पारदर्शी तरिकाले काम गर्नेसमेत बताए । ‘पूर्वमन्त्रीको असल पक्षलाइ आत्मसात गर्छु । व्यवसायीको सल्लाह सुझावलाई पनि मनन गरेर काम गर्नेछु,’ उनले भने ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार