वडामा विनियोजन गरेको रकमको २० प्रतिशत बजेट शिक्षामा छुट्याउन माग

वडामा विनियोजन गरेको रकमको २० प्रतिशत बजेट शिक्षामा छुट्याउन माग

धनगढी : धनगढी उप-महानगरपालिका वडा नम्बर १७ धुर्झन्नामा रहेका विद्यालयहरूले वडामा विनियोजन भएको रकमको २० प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्ने माग गरेका छन् । सोमबार विद्यालय व्यवस्थापन समिति र प्रधानाध्यापकहरुले संयुक्त रूपमा वडा कार्यालयमा ज्ञापन पत्र बुझाउँदै यस्तो माग गरेका हुन् ।

विद्यालय सञ्चालनमा समस्या भएको भन्दै उनीहरूले वडा शिक्षा समितिलाई क्रियाशील बनाई वडा शिक्षा कार्यविधि तयार गर्नुपर्ने, वडाबाट निकासी हुने नदीजन्य पदार्थको कुल रकमको २५ प्रतिशत विद्यालय विकासमा खर्च गर्नुपर्ने, विद्यालयमा एक कक्षा एक शिक्षकको दरबन्दी सिर्जना गरी निजी स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षकका रूपमा व्यवस्थापन गरिनुपर्ने लगायतका मागहरू अगाडि सारेका छन् । धुर्झान्नामा रहेको न्यु कालिका आधारभूत विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज रानाको नेतृत्वमा वडा लाई ज्ञापन पत्र बुझाएको हो ।

यस्तै, गरी सामुदायिक विद्यालयका बाल कक्षाहरूलाई मन्टेश्वरी माध्यमबाट पढाउने वातावरण सृर्जना गरी बाल विकास शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने र तालिम लिएका शिक्षकहरूलाई शैक्षिक गुणस्तर वृद्धिका निमित्त पुर्न ताजगी तालिमको व्यवस्था मिलाइनुपर्ने लगायतका माग रहेका छन् ।

शैक्षिक गुणस्तर सुधारका लागि विद्यालयका अध्यक्ष, प्रधानाध्यापक र शिक्षकको सक्रियताले मात्र सम्भव नभएको हुँदा स्थानीय सरकारले पनि पहल गर्नुपर्ने शिक्षकहरूको भनाई रहेको छ । शिक्षकहरूको समस्याहरू सम्बोधन गर्न नसक्दा गुणस्तर शिक्षा दिन नसकिन्ने न्यु कालिका आधारभूत विद्यालयका व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज रानाले बताए । उनले आफ्नो मागहरू पुरा नभए आगामी दिनमा पनि सङ्घर्षका कार्यक्रमहरू जारी रहने बताए ।

ज्ञापन पत्र बुझ्दै वडा अध्यक्ष माधवराज रानाले वडामा रहेका ४ वटै विद्यालयको अवस्था दैनिय रहेको बताए । विद्यालयमा दरबन्दी नहुँदा निजी शिक्षकबाट शिक्षा दिनुपर्ने बाध्यता रहेको उनले सुनाए । शिक्षा क्षेत्रको सुधारका लागि वडाले आफ्नो तर्फबाट पहले गर्ने उनको भनाई रहेको छ । वडा कार्यालयबाट विनियोजन हुने बजेटलाई आवश्यकताका आधारमा छुट्याउने उनले प्रतिबद्धता गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार