बझाङको जयपृथ्वी नगरपालिकाको ११ औ नगर सभा सम्पन्न

बझाङको जयपृथ्वी नगरपालिकाको ११ औ नगर सभा सम्पन्न

बझाङ : जयपृथ्वी नगरपालिकाको ११ औँ नगर सभा विभिन्न निर्णय पारित गर्दै  सम्पन्न भएको छ । नगरपालिकामा सम्पन्न भयको  अधिवेशनबाट विपद् व्यवस्थापन विधेयक २०७९,खेलकुद विकास विधेयक २०७९,लाई  पारित गरिएको छ ।

यस्तै  तलकोट गाउँपालिकाको वडा नम्बर १ सुनिकोटलाई जयपृथ्वी नगरपालिकामा गाभ्ने विषय पनि बहुमतले पारित गरिएको छ । सो विषयमा छलफल गर्दा तलकोट गाउँपालिकाको वडा नॅ १ लाई  तलकोट गाउँपालिकाको केन्द्र सम्म जान पाइक पर्ने भन्दै तलकोट गाउँपालिकाको वडा नॅ १ ले जयपृथ्वी नगरपालिकामा समायोजन गरिपाऊ भन्दै निवेदन दिएको विषयमा छलफल गरिएको थियो ।

छलफलका क्रममा नगर प्रमुख वजालले  तलकोट गाउँपालिका वडा नम्बर १ सुनिकोटलाई नगरपालिकामा गाभ्ने प्रस्ताव आएको विषयमा छलफलमा राख्नु भयको थियो । छलफलका क्रममा नगरपालिकाको वडा नम्बर ३,८ र ,९, का वडा अध्यक्षहरूले यो गर्न नहुने भन्दै  असहमति जनाएर  सभा वाट केही बेर  बाहिर गए पनि  अन्य बडा अध्यक्ष, सदस्य र कार्यपालिका सदस्यहरूले सहमति जनाएपछि उक्त प्रस्ताव बहुमत बाट पारित गरिएको हो । 

उक्त निर्णयको विरोध गरेका जनप्रतिनिधिले तलकोट १ लाई नगरपालिकामा ल्याउन केही विज्ञहरू सँग छलफल गर्नु पर्ने भन्दै   वडालाई नगरपालिकामा गाभ्दा आर्थिक भार पर्न जाने भयकाले तत्काल निर्णय गर्न नहुने भन्दै असहमति जनाएका थिए । उता सो निर्णयमा सहमति जनाउने   सभासद् तथा अन्य उपस्थितहरूले  उक्त वडा लाई नगरपालिका लाई समायोजन गर्दा त्यहाँको प्राकृतिक स्रोत साधन पनि नगरपालिकाको हुने भयकाले नगरपालिकामा भूगोल,जनसङ्ख्या तथा स्रोत थपिदा विकासमा सजिलो हुने भयकाले उक्त वडा गाभ्न अनुमति दिनु पर्ने कुरामा जोड दिएका थिए । केही बेर  सभामा विवाद निम्त्याएको उक्त विषय पछि बहुमतले पारित गरिएको थियो ।

त्यस्तै नगर सभामा वडा नम्बर  ११ लाई  भौगोलिक विकटताका आधारमा एउटै वडा बनाउँदा समस्या भयकोले भूगोल हेरेर उक्त वडालाई टुक्राएर दुई ओटा वडा बनाउनु पर्ने विषय पनि सर्वसम्मतले पारित गरिएको छ ।

यस्तै नगर सभामा प्रमुख प्रशासकीय अधिकृत अम्मर राज जोशीले  बिपद व्यवस्थापन तथा  खेलकुद विकास बिध्येयक २०७९ प्रस्तुत गर्नु भयको थियो  । सभामा न्यायिक समितिका प्रतिवेदन,प्रगति प्रतिवेदन,नीतिगत निर्णय,रकमान्तर ,कर्मचारीको हकहित तथा सेवा सम्बन्धी विषयमा छलफल गरिएको थियो । सभामा महालेखा परीक्षकको प्रतिवेदन  नगरपालिकाका आन्तरिक लेखा परीक्षक लाल बहादुर खातीले प्रस्तुत गर्नुभएको थियो ।

जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज वजालको सभापतित्वमा सम्पन्न भयको नगर सभाको सॅचालन देवेन्द्र जोशीले गर्नु भयको थियो । कार्यक्रममा नगर उपप्रमुख रतन बहादुर सिंह,नगरपालिकाका ११ वटै वडाका वडाध्यक्षहरू,  कार्यपालिका सदस्यहरू , नगर सभा सदस्य, विभिन्न दातृ निकायको सहयोगमा नगरपालिका  अन्तरगत सॅचालित विभिन्न कार्यक्रमका प्रमुख एवं प्रतिनिधि,  लगायतको उपस्थिति रहेको थियो ।  ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार