सुदूरपश्चिममा मडराउँदै महाभूकम्पको खतरा, जति बेला पनि ठुलो भूकम्प आउन सक्ने 

सुदूरपश्चिममा मडराउँदै महाभूकम्पको खतरा, जति बेला पनि ठुलो भूकम्प आउन सक्ने 

धनगढी : सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित रहेकोले जतिबेला पनि ठूलो भूकम्प आउन सक्ने भूकम्पविद्ले बताएका छन् । वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले सुदूरपश्चिममा ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको बताए ।

८ म्याग्निच्युट भन्दा ठूलो भूकम्पलाई महाभूकम्प भन्ने गरिन्छ । हरेक एक सय वर्षमा महाभूकम्प जाने गरेको वरिष्ठ भूकम्पविद् अधिकारी बताउँछन् । उनले वर्षौदेखि भूकम्पीय शक्ति जमिनमुखि जम्मा भएर बसेकाले जुनसुकै समयमा पनि जोखिम आउन सक्ने बताए ।
गत कात्तिकमा डोटीमा केन्द्रविन्दु भएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । गत मंगलबार बाजुराको मौला क्षेत्र नजिकै केन्द्रविन्दु बनाएर भूकम्प गयो । दुवै ठाउँ नजिकै पर्छ ।

‘ठूलो भूकम्प गराउने शक्ति जमिनमुनि सञ्चित भएर बसेको छ । सुदूरपश्चिम भूकम्पीय क्षेत्रमा छ । यस क्षेत्रमा पटक–पटक सुक्ष्म, साना, मध्यम, ठूलो र महाभूकम्प बेलाबेलामा आउने जोखिम सधैंभरि रहन्छ । पूर्व–पश्चिममध्ये चारैतिर प्रत्येक वर्ष गइरहेको हुन्छ’ वरिष्ठ भूकम्पविद् अधिकारीले भने, ‘८ म्याग्निच्युट भन्दा ठूलोलाई महाभूकम्प, ७ देखि ८ म्याग्निच्युटलाई ठूलो र ६ देखि ७ म्याग्निच्युटलाई मध्यस्तर र त्यसभन्दा तललाई साना भूकम्प भन्ने गरिन्छ । सुक्ष्म र अति सुक्ष्म भूकम्प प्रायः गइनै रहेका हुन्छ ।’

२०३७ सालमा बझाङमा ठूलो भूकम्प गएको थियो । २०५८ मा पनि बझाङ, बैतडी र दार्चुलातिर ठूलो भूकम्प गएको थियो । महाभूकम्पहरु सयौं वर्षको अन्तरालमा जान्छन् । नेपालमा दैनिकरुपमा ८ देखि १० वटा भूकम्प गइरहेका हुन्छन् ।

४ म्याग्निच्युट कमका भूकम्पहरु महसुस गर्न सकिदैन् । निरन्तर भूकम्प गइरहने क्षेत्र भनेको जोखिमको क्षेत्र हो । कञ्चनपुरको महेन्द्रनगर, झलारी, कैलालीको टिकापुर, अत्तरिया, धनगढी लगायत ठुला, मझौला तथा साना सहरी क्षेत्र समेत भूकम्पको जोखिममा रहेको भूकम्पविद्ले बताएका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

75%

दुःखी

25%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार