SKIP THIS

S.P.A  Collage

एसपीएको फराकिलो जित

एसपीएको फराकिलो जित

लखनउ : भारतको लखनउमा जारी इन्टरनेशल स्कुल प्रिमियर लिग क्रिकेट प्रतियोगिताको तेस्रो खेलमा धनगढीको एसपीए कलेजले फराकिलो जित हात पारेको छ । 

सोमबार राति लखनउस्थित सिटी मन्टेश्वरी स्कुलको मैदानमा भएको खेलमा एसपीएले कोलकत्ताको साउथ इन्टरनेशनल स्कुललाई ११० रनले पराजित गर्यो । 

टस जितेर पहिले ब्याटिङ गरेको एसपीएले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १७५ रन बनाएको थियो । जवाफमा कोलकत्ता १६.१ ओभरमा सबै विकेट गुमाएर ६५ रनमा समेटियो । 

कोलकत्ताका यश पर्मरले सर्वाधिक २१, प्रथर्म खेमले १४ रन जोडे । एसपीएका सौर्य श्रेष्ठले सानदार बलिङ गर्दै ३ विकेट हात पारे । उनले ४ ओभरमा २ ओभर मेडन राख्दै १३ रन खर्चिएका थिए । यस्तै सचिन सावदले पनि ३ विकेट लिए । सचिनले ४ ओभरमा ९ रनमात्रै खर्चिए । त्यसबाहेक खगेन्द्र कुँवर, विप्लव खड्का, बसन्त कार्की र निर्मल भट्टले समान १–१ विकेट लिए ।

त्यसअघि सौर्य श्रेष्ठले ५९ रनको अर्धशतकीय पारी खेलेपछि एसपीएले १७५ रनको स्कोर बनाँएको थियो । ४४ बलमा उनले ५ चौका र ४ छक्का प्रहार गरे । यस्तै अजयसिंह कडालले ३२ रन जोडे । ३२ बलमा उनले २ चौका र ३ छक्का प्रहार गरे । 

त्यसबाहेक खगेन्द्र कुवरले १८ बलमा २ चौका र १ छक्कासहित १८ तथा विपिन रावलले ९ बलमा ३ चौका र एक छक्कासहित १९ रन जोेडे । 

कोलकत्ताका यस पर्मर र सुर्याशं झाले समान ३–३ विकेट लिए । एसपीएको यो प्रतियोगितामा पहिलो जित हो । यसअघि दुई खेलमा लगातार हार ब्यहोरेको एसपीएको अगाडि बढ्ने सम्भावना अरु टोलीको नतिजामा भर पर्नेछ । 

खेलको म्यान अफ द म्याच एसपीएका सौर्य श्रेष्ठ चुनिए । यस्तै उनले वेस्ट सिक्सेस अवार्ड पनि हात पारे । त्यसबाहेक खेलको मोस्ट भ्यालुएबल प्लेयर एसपीएकै अजयसिह कडाल चुनिए । 
 
विश्वप्रशिद्ध सिटी मन्टेश्वरी स्कुलको आयोजनामा भइरहेको प्रतियोगितामा नेपाल, श्रीलंका, ओमान, जिम्बाबेसहित भारतका कोलकत्ता, दिल्ली, पटना, हैदरावाद, मध्यप्रदेश, पञ्जाबलगायत शहरका टोलीहरुले सहभागिता १६ टोलीको जनाएका छन् । 

लिगकम नकआउट फम्र्याटमा हुने लिग लखनउका तीन क्रिकेट ग्राउण्डमा भइरहेका छन् । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार