सवारी चलाउँदै हुनुहुन्छ ? ख्याल गरौँ यी कार्य गरे कैलाली ट्राफिकले पढाउने छ एक घण्टा पाठ !

सवारी चलाउँदै

धनगढी : कैलाली ट्राफिकले लेन अनुशासन पालना तथा मापसे सम्बन्धी कक्षा सञ्चालन गरेको छ । सोमबार देखि जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीले लेन अनुशासन पालना नगरी सवारी साधन चलाउने सवारी चालकलाई लेन अनुशासन पालना सम्बन्धी सचेतनामूलक कक्षा सञ्चालन गरेको हो ।

यस्तै, जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीका अनुसार अवोप्रान्त लेन अनुशासन पालना नगरी, मादक पदार्थ सेवन (मा.प.से) गरी सवारी साधन चलाउने सवारी चालकले जिल्ला ट्राफिक प्रहरी कार्यालय कैलालीमा अनिवार्य रूपमा १ घण्टा लेन अनुशासन, मादक पदार्थ सेवन (मा.प.से) सम्बन्धी सचेतनामूलक कक्षा लिनु पर्ने समेत जनाएको छ ।

सो कार्यबाट सवारी दुर्घटनामा कमी आउने र सवारी धनी तथा चालकहरू अनुशासित हुने विश्वास लिइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

87%

खुसी

4%

दुःखी

6%

अचम्मित

2%

उत्साहित

1%

आक्रोशित

सम्बन्धित समाचार