यी तीन प्रदेशमा वर्षाकाे सम्भावना

मौसम

नेपालमा हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा माैसम विज्ञान विभागले जनाएकाे छ । अहिले बिहान देशभर आंशिकदेखि सामान्य बदली रहेको माैसमविद्ले बताएका छन् । 

विभागकाे माैसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसाे देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहने छ ।

सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ ।

आज राति पनि दिउँसाेकाे जस्तै माैसमी प्रणाली रहने महाशाखाले जनाएकाे छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार