अत्तरिया चोक आसपासमा भारतीय मगन्तेहरुको बिगबिगी

कैलालीको अत्तरिया बजारमा भारतीय मगन्तेले हैरान पारेको भन्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको ध्यानाकर्षण गरिएको छ । राष्टिय स्वतन्त्र पार्टी कैलालीले भारतीय मगन्तेको बारेमा नगरप्रमुखका ध्यानाकर्षण गराएको हो ।

अत्तरिया : कैलालीको अत्तरिया बजारमा भारतीय मगन्तेले हैरान पारेको भन्दै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टको ध्यानाकर्षण गरिएको छ । राष्टिय स्वतन्त्र पार्टी कैलालीले भारतीय मगन्तेको बारेमा नगरप्रमुखका ध्यानाकर्षण गराएको हो ।

पार्टीकी कैलाली जिल्ला अध्यक्ष सृष्टि महराले नगरप्रमुख भट्टलाई भेटेर ध्यानकर्षण गर्दै नगर क्षेत्रमा मगन्ते/फिरन्ते विस्थापित गर्न माग गरिन् । उनले नगरप्रमुखलाई बुझाएको ध्यानाकर्षण पत्रमा अत्तरिया चोक आसपासमा भारतीय मगन्तेहरुको बिगबिगी बढदै आएको उल्लेख छ ।

उनीहरुले स्थानिय ब्यबसायी एबम पैदल यात्रुहरु सँग पैसा मागेर हैरान गर्ने गरेका छन । भारतिय मगन्तेहरुमा बढि जसो बालबालिकाहरुको प्रयोग हुँदै आएको छ ।

‘फिरन्ते नागरिकहरुले हाम्रो सुन्दर गोदावरी नगरपालिकाको अत्तरिया बजार क्षेत्रमै अस्थाई टहरा बनाइ बसिरहेको र बजार क्षेत्रमा हिडडुल गर्ने आम जनता लगायत व्यापारीहरुको पसल मै गएर पैसा माग्ने बहानामा सर्प देखाएर डर त्रासको सृजना गरी पैसा असुल्ने गरेको छ’ ध्यानाकर्षण पत्रमा भनिएको छ ‘पैसा निदएको खण्डमा नेपाली नागरिकहरुलाई नै गाली, व्यइज्जती गर्ने र शरिरमा झुण्डिएर पैसा नदिएसम्म शरिरको लगा समात्ने, बाटो छेक्ने र खुट्टामै पल्टिएर लज्जित बनाउने खालका व्यवहार गर्ने गरिएको छ ।’ ध्यानाकर्षण पत्रमा भनिएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार