बझाङमा पनि नेपाल टेलिकमको ‘फाइबर टु दि होम’ सेवा सुरु

सेवा सुरु भयपछी तिव्र गतिको ईण्टरनेट चलाउन सजिलो हुने कार्यालयको भनाई

बझाङमा पनि नेपाल टेलिकमको 'फाइबर टु दि होम' सेवा सुरु
दूरसञ्चार कार्यालय बझाङ / तस्बिर: नरेन्द्र उपाध्याय

बझाङ : दूरसञ्चार सेवा प्रदायक कम्पनी नेपाल टेलिकमले अप्टिकल फाइबरमा आधारित ‘फाइबर टु द होम’ सेवा बझाङमा सुभारम्भ गरेको छ । ग्राहकहरुलाई तिब्र गतिको डाटा तथा भ्वाइस सेवा प्रदान गर्न कम्पनीले फाइबर टु होम सेवा सुरु गरेको हो दुरसॅचार कार्यालय बझाङका प्रमुख बम बहादुर सिहले वताउनुभयो।

फाईवर टु दि होम सेवा सुरु भयपछी अव बझाङमा पनि तिव्रगतिको ईण्टरनेट सेवा प्रदान गर्न सजिलो हुने कार्यालयले जनाएको छ । यस भन्दा अगाडी टेलिकमले ADSL copper नेटवर्क मार्फत सेवा दिदै आएको भय पनि सो सेवा प्रभावकारी नभयको गुनासो आउने गरेको थियो । अव यो फाईवर सेवा सुरु भयपछी तिव्र गतिको ईण्टरनेट,भ्वाईस प्याक,तथा ईण्टरनेट मार्फत टेलिभिजन पनि हेर्न सकिने छ ।

हाल परिक्षणको रुपमा मॅगलवार देखि दुरसॅचार कार्यालयमामात्र जोडिएको भयपनि केहिदिन भित्रै यसका सेवा क्षेत्र तथा टेलिकमको फाईवर पुगेका ठाउमा वितरण गरिने कार्यालय प्रमुख सिहले वताउनुभयो । साथै निकट भविश्यमा चैनपुर आसपासका देवल,पडेस,गोलाई,भोपुर लगायतका क्षेत्रमा समेत विस्तार गरिने कार्यालयले जनाएको छ ।

लामो समय देखि वायरलेस सिस्टमवाट बझाङमा सेवा दिदै आएको टेलिकमले केहि महिना अगाडी मात्र अप्टिकल फाईवर मार्फत सेवा दिन थालेकाले हाल पटक पटक अवरुद्ध हुने समस्या पनि हटेपछी सेवाग्रहीलाई सजिलो भयको छ । विगतमा वायरलेस मार्फत सेवा दिदा रिपिटर टावरमा सोलार मार्फत सेवा दिनु परेकाले हिमपात हुदा तथा पानी पर्दा हप्तौ सम्म पनि सोलार चार्ज नहुदा सेवा अवरुद्ध हुने गरेको थियो।अव फाईवरमा जोडेपछी यस्ता समस्याहरु न आउने कार्यालयले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

80%

खुसी

0%

दुःखी

0%

अचम्मित

20%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार