हिमपातको सम्भावना: विभाग भन्छ– तापक्रम बढ्न सुरु भयो, जाडो घट्यो

नेपालमा पश्चिमी वायुको प्रभाव केही दिनदेखि कायम छ। जसको प्रभावले तराईका विभिन्न भागमा हुस्सु र कुहिरो लागेको छ।

दिउँसो प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भागमा आंशिक बदली भई हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

बाँकी भूभागको मौसम सामान्यतया सफा रहनेछ। यस्तै राति पनि प्रदेश १, बागमती, गण्डकीमा हल्का हिमपातको सम्भावना छ।

यसैक्रममा जल तथा मौसम विज्ञान विभागले अब तापक्रम क्रमशः बढ्दै जाने बताएको छ। तापक्रम बढ्दै जाँदा चिसो घट्दै जानेछ।

आज बिहान काठमाडौंको न्यूनतम तापक्रम ६.५ डिग्री सेल्सियस रहेको मौसमविद् सञ्जिव अधिकारीले जानकारी दिए। 

मौसमविद् अधिकारीका अनुसार अब दैनिक रूपमा तापक्रम बढ्नुका साथै चिसो घट्दै जाने देखिन्छ। 

आज काठमाडौंमा वर्षा र बदलीको सम्भावना नरहेको भन्दै मौसमविद अधिकारीले काठमाडौंको मौसम सफा हुने जानकारी दिए।

यस्तै भोलि बुधबार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भू-भागहरूमा  आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

भोलि राती भने  प्रदेश नं. १, मधेश प्रदेश, लुम्बिनी  प्रदेश र गण्डकी प्रदेशमा आंशिक बदली रही बाँकी भू-भागमा  मौसम सामान्यतया सफा रहनेछ।

हुस्सु र कुहिरोका कारण दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने भएकाले सावधानी तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार