प्रादेशिक परामर्श कार्यशाला गोष्ठी सम्पन्न

प्रादेशिक परामर्श कार्यशाला गोष्ठी सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोगको आयोजना र राष्ट्रिय आदिवासी जनजाति अपाङ्गता महिला सङ्घ नेपालको सहकार्यमा अपाङ्गता भएका व्यक्तिहरूको प्रादेशिक अवस्था ,अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय कानुनी प्रावधानको कार्यान्वयन तथा सिआरपिदिको सुझाव बारे सेवा प्रदायक निकाय र सेवा ग्राही बिचको गहन समीक्षात्मक गोष्ठी राष्ट्रिय मानव अधिकार आयोगका सुदूरपश्चिम प्रदेश प्रमुख हरि ज्ञवाली ज्युको अध्यक्षतामा सम्पन्न भएको छ ।

सुदूरपश्चिम प्रदेशमा अपाङ्गता मानव अधिकारको अवस्था र कानुनी प्रावधान बारे सरोकारवालाहरू सँगको नीति संवाद कार्यक्रम धनगढी उप महानगरपालिकाका महिला विकास अधिकृत , पत्रकार ,बहिरा सङ्घ कैलाली , नेत्र हीन युवा सङ्घ कैलाली , नेपाल अपाङ्ग सङ्घ कैलाली लगायत विभिन्न सरकारी गैरसरकारी सङ्घ संस्था र सरकारी कार्यालयका प्रतिनिधिको सहभागिता रहेको थियो भ बहिरा सङ्घ कैलाली, नेत्र हीन युवा सङ्घ अध्यक्ष र समावेशी पारा एथलेटिक्स स्वपोर्ट क्लबका अध्यक्षले प्रदेश नीति र अपाङ्गता अधिकारको विषयमा आआफ्ना धारणा राखेका थिए भने कार्यक्रमका सहभागी अधिकारकर्मी नन्दराज भट्टले अपाङ्गता समावेशी नीति तर्जुमा गर्न यहाँ उठेका सम्पूर्ण सवाल दस्तावेजीकरण गरी सम्बन्धी निकायमा पुर्‍याउनु राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेशले भूमिका खेल्ने छ।

यसै गरी राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश प्रमुखले समग्र अपाङ्गता भएका नागरिकका सवालहरू सम्बन्धी मन्त्री र मुख्य मन्त्री समक्ष पुर्‍याउने मेरो जिम्मेवारी म पुरा गर्ने छु भन्दै प्रतिबद्धता व्यक्त गर्नु भयो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार