SKIP THIS

S.P.A  Collage

धनगढीमा दुई दिने नि:शुल्क दाँत परीक्षण कार्यक्रम सम्पन्न 

धनगढीमा दुई दिने नि:शुल्क दाँत परीक्षण कार्यक्रम सम्पन्न 

धनगढीमा दुई दिने  निःशुल्क दन्त उपचार तथा परामर्श स्वास्थ्य शिविर भएको छ। यूथ रेडक्रस सर्कल ऐश्वर्य बहुमुखी क्याम्पस तथा ऐश्वर्य विद्या निकेतन को संयुक्त आयोजना र कान्तिपुर डेण्टल होमको सहकार्यमा उक्त कार्यक्रम गरिएको हो।

 ऐश्वर्य विद्या निकेतनको प्राङ्गणमा भएको उक्त कार्यक्रममा विद्यार्थी, अभिभावक तथा शिक्षक गरी करिब पाँच सय जनाले सेवा लिएको यूथ रेडक्रस सर्कल ऐश्वर्य बहुमुखी क्याम्पसका कोषाध्यक्ष सत्यराज जोशीले बताए।

यूथ रेडक्रस सर्कल ऐश्वर्य बहुमुखी क्याम्पसकी अध्यक्ष दिपा चैसिरको  अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख अतिथि ऐश्वर्य बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख धर्मदेव भट्ट रहनु भएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार