नेपाल रेडक्रस सोसाइटी लुयाटा उपशाखा जनपा ४ र ५ बझाङको साधारण सभा सम्पन्न

नेपाल रेडक्रस सोसाइटी
तस्बिर :- नरेन्द्र उपाध्याय /बझाङ

बझाङ । नेपाल रेडक्रस सोसाईटी लुयाटा उपशाखा जयपृथ्वी नगरपालिका ४ र ५ बझाङको २०औ साधारण सभा सम्पन्न भयको छ ।

साधारण सभाले साविकको लुयाटा गाविस तथा हालको जयपृथ्वी नगरपालिकाको वडा नॅ ४ र ५को सॅयुक्त उपशाखालाई टुक्रायर वडानॅ ४ र ५ को अलग अलग उपशाखा स्थापना गर्ने निर्णय सर्वसम्वतले पारित गरेको छ ।

दुईटै वडा लगायर २ सय ३७ आजिवन सदस्य रहेको उपशाखामा वडा नॅ ४ मा ९२ जना र वडा नॅ ५ मा १४५ जना सदस्य रहेका छन । ठुलो भुगोलको एउटै उपशाखा हुदा वैठक लगाएत महत्वपुर्ण निर्णय गर्न समस्या हुन लागेको भन्दै अलग अलग उपशाखा स्थापनाका लागि जिल्लामा अनुरोध गर्ने निर्णय गरिएको हो । सभाले आसन्न रेडक्रस सोसाईटिको ३९ औ जिल्ला अधिवेसनमा सहभागि गराउन पुरानै सभासदलाई पठाउने निर्णय समेत सर्वसम्वतले पारित गरेको छ ।

उपशाखा सभापति नन्दलाल उपाध्यायको सभापतित्वमा सम्पन्न भयको कार्यक्रममा रेडक्रसका निवर्तमान जिल्ला सभापति केश ब खाती प्रमुख अतिथि रहनुभयको थियो । कार्यक्रममा नेपाली काङ्ग्रेस निवर्तमान पार्टी सभापति हर्कजॅग वहादुर सिह,जयपृथ्वी बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख मोहनराज उपाध्याय, नगरपालिकाको वडा नॅ ५ का अध्यक्ष प्रेम वहादुर थापा,वडा नॅ ४ का वडाध्यक्ष ईश्वरवहादुर खाती,वडा नॅ ५ का पुर्व अध्यक्ष डम्वर बहादुर सिह , रेडक्रसका अधिकृत श्याम नेपाली,रेडक्रस जिल्ला कार्यसमिति सदस्य कविराज जोशी,रेडक्रस सदस्य मोहन नेपाली , भरत वि क, लगाएतले मन्तव्य व्यक्त गरेका थिय ।
शाखा सदस्य दिपक खातीले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा सचिव शेर वहादुर खातीले प्रतिवेदन प्रस्तुत गर्नु भयको थियो भने आर्थिक प्रतिवेदन सह कोषाध्यक्ष भक्त वहादुर सिहले प्रस्तुत गर्नु भयको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार