धनगढीका थप २ वडामा ज्ञापनपत्र बुझाईयो

धनगढीका थप २ वडामा ज्ञापनपत्र बुझाईयो

धनगढी : सामुदायिक विद्यालयका समस्याहरु लिएर धनगढीमा सुरु भएको अभियान तिब्र पारिएको छ । अभियान अन्र्तगत बिहिबार धनगढी उपमहानगरपालिका वडा नम्बर ८, र १० वडामा ध्यानकर्षण सहितको ज्ञापनपत्र बुझाएको छ ।

धनगढीको वडा नम्बर १७ बाट सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि र निजी स्रोत शिक्षकको व्यवस्थापन अभियान सुरु भएको थियो । सामुदायिक विद्यालको शैक्षिक वृद्धि र निजी स्रोत शिक्षकको व्यवस्थापन अभियानका संयोजक एंव वडा नम्बर १७ मा रहेको न्यू कालिका आधारभूत विद्यालय धुर्झन्नाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज राना नेतृत्वमा वडा अध्यक्षहरुलाई ज्ञापन पत्र बुझाएको हो ।

बिहिबार धनगढी–१० का वडा अध्यक्ष शिवकुरमार रानाले ज्ञापन पत्र बुझदै नगर शिक्षकका लागि परिषद्मा विशेष माग राख्ने प्रतिबद्धता गरे । उनले पेश गरेका मागमा आफ्नो पूर्ण समर्थन रहेको बताए । उनले शिक्षाको गुणस्तरका लागि सबै लाग्नु पर्ने बताए । आफ्नो वडामा नमुना विद्यालय घोषणा गर्ने गृहकार्यमा जुटेको समेत बताए ।

यस्तै वडा नम्बर ८ का वडा अध्यक्ष जुगराम चौधरीले ज्ञापन पत्र बुझ्दै सामुदायिक विद्यालयको गुणस्तर गर्नमा अभिभावकहरु पनि सक्रिय हुन आवश्यक रहेको बताए । उनले शिक्षाको गुणस्तरमा सामुदायिक विद्यालयको भूमिका महत्वपूर्ण रहेको बताए ।
स्थानीय सरकारको प्राथमिकतामा शिक्षा नपर्दा पनि समस्या भएको सामुदायिक विद्यालको शैक्षिक वृद्धि र निजी स्रोत शिक्षकको व्यवस्थापन अभियानका संयोजक एंव न्यू कालिका आधारभूत विद्यालय धुर्झन्नाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पुष्पराज रानाले बताए ।

शिक्षा क्षेत्रका समस्याहरु सुरुमा वडा तहलाई ध्यानकर्षण गराई रहेको उनको भनाई छ । संयोजक रानाका अनुसार हाल सम्म ५,६,७, ८, १० ११, १४, १५, १६, १७, १८ र १९ वडामा वडा अध्यक्षहरुलाई ध्यानकर्षण गराई सकेको छ । उपमहानगरका बाँकी अन्य वडामा समेत केहि दिनमा ज्ञापनपत्र बुझाउने कार्यक्रम रहेको छ ।

वडा पालिकालाई बुझाएको ज्ञापनपत्रमा विद्यालयमा एक कक्षा एक शिक्षकको दरबन्दीको व्यवस्था हुनेपर्ने, वडामा विनियोजन भएको रकमको २० प्रतिशत बजेट शिक्षामा छुट्याउनुपर्ने माग गरेका छन् । विद्यालय सञ्चालनमा समस्या भएको भन्दै उनीहरुले वडा शिक्षा समितिलाई क्रियाशिल बनाई वडा शिक्षा कार्यविधि तयार गर्नुपर्ने, वडाबाट निकासी हुने नदीजन्य पदार्थको कुल रकमको २५ प्रतिशत विद्यालय विकासमा खर्च गर्नुपर्ने, नीजि स्रोतमा कार्यरत शिक्षकलाई नगर शिक्षकका रुपमा व्यवस्थापन गरिनुपर्ने लगायतका मागहरु अगाडि सारेका छन् ।

यस्तै, गरी सामुदायिक विद्यालयमा कक्षा एक देखि ५ सम्म अंग्रेजी माध्याममा बढाउने वातावारण सिर्जना गर्नुपर्ने, बाल विकास शिक्षकलाई तालिमको व्यवस्था गर्नुपर्ने र तालिम लिएका शिक्षकहरुलाई शैक्षिक गुणस्तर वृद्धिका निमित्त पुर्न ताजगी तालिमो व्यवस्था मिलाईनुपर्ने लगायतका माग रहेका छन् । त्यस्तै गरी सरकारी संघ संस्थामा कार्यरत कर्मचारी र विद्यालय व्यवस्थापन समितिका अध्यक्षहरुका बालबालिकाहरुलाई सामुदायिक विद्यालयमा अध्यनन गराउने वातावरण बनाउनेपर्ने रहेका छन् । यस्तै विभिन्न ठाउँमा विद्यालयका नाममा रहेका सम्पति कुनै व्यक्ति या संस्थाले प्रयोग गरेको भए विद्यालयहरुलाई हस्तान्तरण गर्ने व्यवस्था मिलाउन र सामुदायिक विदालयको शैक्षिक पात्रो जारी गर्नुपर्ने माग गरिएको छ ।

यस्तै, गरी एक वडा एक नमुना विद्यालयको घोषणा गर्नुपर्ने र विद्यालयको व्यवस्थापन समिति गठनमा मनोनयन गर्ने सदस्यह संघीय ऐन अनुसार मनोनयन गरिनुपर्ने रहेका छन् । अभियान संयोजक पुुष्पराज रानाका अनुसार यी समस्याहरुमा उपमहानगर भित्र रहेका सम्पूर्ण विद्यालय व्यवस्थापन समिति संग छलफल हुनेछ । नगरमा सब वडामा ज्ञापन पत्र बुझाई सकेपछि उपमहानगर प्रमुखलाई बुझाउने कार्यक्रम रहेको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार