सरकारले निजी क्षेत्रलाई उद्योग स्थापनामा सहयोग गर्ने नीति लिएको छ: उद्योग मन्त्री भण्डारी

सरकारले निजी क्षेत्रलाई उद्योग स्थापनामा सहयोग गर्ने नीति लिएको छ: उद्योग मन्त्री भण्डारी

धनगढी : उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सरकार उद्योग सञ्चालन गर्ने नभएर उद्योग सञ्चालनको वातावरण सृजना गर्ने तिर केन्द्रित भएको बताएका छन् । कैलाली उद्योग वाणिज्य सङ्घले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै भण्डारीले सरकार औद्योगिक विकासमा केन्द्रित भएको बताएका हुन् ।

औद्योगिक विकास गरेर नै देशको विकास सम्भव हुने र रोजगारी सृजना गर्न सकिने कुरालाई मध्यनजर गर्दै सरकारले औधोगिकरणलाई नै पहिलो प्राथमिकता राखेको भण्डारीले बताए । सरकार आफू उद्योग खोल्ने होइन भण्डारीले भने “सरकारले उद्योग खोल्नका लागी वातावरण बनाइदिने हो, हामी त्यो वातावरण बनाउने छौँ, औद्योगिक क्षेत्र निर्माण गर्ने छौँ र त्यहाँ आवश्यक पर्ने सबै काम गर्ने जिम्मा सरकारले लिने छ, अनि निजी क्षेत्रले लगानी लगाउने छ ।”

अहिले निजी क्षेत्रले जमिन किनेर उद्योग सञ्चालन गर्ने स्थिति देखिँदैन त्यस कारण सरकारले औद्योगिक क्षेत्र स्थापना गरेर निजी निजी क्षेत्रलाई उद्योग स्थापनामा सहयोग गर्ने नीति लिएको छ उनले भने “धेरै पटक सुदूरपश्चिमकै नेतृत्वहरुले उद्योग मन्त्रालय सम्हाले पनि हुनुपर्ने उपलब्धि देखिएन, छोटो समयका कारण हो या के हो, विशेष गरी नेकपा एमालेका अध्यक्ष केपी सर्मा ओली प्रधानमन्त्री र एमाले सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री हुँदा सुदूरपश्चिमलाई केन्द्रित भएर औद्योगिक विकास सुरु भएको छ, तिनको निरन्तरता र थप बजेट तथा योजना मेरो कार्यकालमा आउने छन् भनेर म विश्वास दिलाउन चाहन्छु ।”

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार