कैलाश मालिका बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम

कैलाश मालिका बोर्डिङ स्कुलमा ट्राफिक सचेतना कार्यक्रम

धनगढी । धनगढी उप-महानगरपालिका १८ स्थित श्री कैलाश मालिका बोर्डिङ स्कुलद्वारा शुक्रवार कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम सम्पन्न गरेको छ । सीमा प्रहरी चौकी बहुलिया तथा अस्थायी ट्राफिक प्रहरी पोस्ट फूलबारी सँगको सहकार्यमा ट्राफिक सचेतना कार्यक्रम गरेको हो ।

देशभर बढ्दै गएको सवारी दुर्घटनालाई न्यूनीकरण गर्न समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ट्राफिक सचेतना कार्यक्रम गरिएको विद्यालयका प्र.अ. दीपक बि.क. ले जानकारी दिए ।

विद्यालयले प्रत्येक शुक्रवार समुदाय स्तरमा विभिन्न कार्यक्रम गर्दै आएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार