नेपाल शिक्षक सॅघ नगर कार्यसमिति जयपृथ्वी नगरपालिका बझाङको अधिवेशन सम्पन्न

नेपाल शिक्षक सॅघ नगर कार्यसमिति जयपृथ्वी नगरपालिका बझाङको अधिवेशन सम्पन्न
तस्बिर :- नरेन्द्र उपाध्याय https://sodhpatra.com/2023/02/23850/

बझाङ : नेपाल शिक्षक सॅघ स्थानीय नगर कार्य समिति जयपृथ्वी नगरपालिका बझाङको दोस्रो नगर अधिवेशन सम्पन्न भयको छ । नगर कार्य समितिका अध्यक्ष लक्ष्मण प्रशाद उपाध्यायको सभापतित्वमा सम्पन्न भयको कार्यक्रममा नगर प्रमुख चेतराज वजाल प्रमुख अतिथि रहनु भयको थियो ।

अधिवेशनले आजै कृष्ण बहादुर रावलको अध्यक्षतामा २९ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको छ । नवगठित समितिको उपाध्यक्षमा बिन्दा जोशी, मोहन खड्का ,सचिवमा नृप जोशी,अर्थ सचिवमा नरेन्द्र उपाध्याय सर्वसम्मत चयन भयका छन् ।

त्यसै गरि सह सचिवमा चन्द्रलाल वजाल,गीता खाती,जयन्ती जोशी,र हिक्मत सार्की चयन भयका छन् । सदस्यहरूमा सत्यराज कोइराला ,प्रयागराज जोशी,वाल कुमारी खड्का लगायतका रहेका छन् ।सर्वसम्मत निर्वाचित भयकालाई भोलि (आइतबार) दिउसो १ बजे शपथ गराइने निर्वाचन समितिका संयोजक रवीन्द्र रोकायाले बताउनुभयो ।

यसै बिच सोही अवसरमा सॅघको कार्यसमितिमा रहेर सेवा गरी सेवा निवृत्त भयका शिक्षक चन्द्रा जोशी ,जयलाल उपाध्याय,युवराज जोशी लाई सम्मान गरेको छ । त्यसैसरि सुदूरपश्चिम विश्वविद्यालयको प्राध्यापन पेसामा आबद्ध भयका शिक्षक खगेन्द्र प्रसाद जोशी, रवीन्द्र रोकाया,नरेश प्रकाश उपाध्याय,देवराज भट्टराई,गगन आग्री ,र राजेन्द्र खातीलाई सम्मान सहित बिदाइ गरिएको छ । सोही अवसरमा शिक्षक सॅगठन परित्याग गरी शिक्षक सॅघमा प्रवेश गरेका शिक्षक विगेन्द्र नेपाली लगायत शिक्षण पेसामा नवप्रवेशी लाई नयाँ सदस्यता समेत प्रदान गरिएको छ ।

कार्यक्रममा नेपाल शिक्षक सॅघ जिल्ला कार्य समिति बझाङका अध्यक्ष उत्तम बहादुर मल्ल,प्रदेश कार्य समिति सदस्य जयभक्त जोशी ,शिक्षक युनियन पूर्व अध्यक्ष राम प्रसाद उपाध्याय ,स्कुल अफ डेमोक्रेसी अध्यक्ष खगेन्द्र जोशी ,शिक्षक महासॅघ नगर सभापति हितराज जोशी ,कार्यपालिका सदस्य सरस्वती जोशी, शिक्षक महासॅघ जिल्ला सचिव कविराज जोशी , शिक्षक युनियन का पूर्व जिल्ला अध्यक्ष रामदत्त उपाध्याय लगायतले मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा शिक्षक सॅघका सह कोषाध्यक्ष कृष्ण बहादुर रावलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । भने कार्यक्रमको सॅचालन नगर सचिव रवीन्द्र रोकायाले गरेका थिए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार