बनबासा पुलमा भारतीय सुरक्षाकर्मीले नेपाली मजदुर महिलालाई बन्दी बनायो, कहाँ छ सरकार ?

कञ्चनपुरको सीमावर्ती भारतीय सहरस्थीत बनबासा पुलमा भारतीय सुरक्षाकर्मीले नेपाली मजदुर महिलालाई रातभर रोके। बनबासा जोड्ने महाकाली नदीमाथिको पुल ९शारदा ब्यारेजको पुल० मा नेपाली महिलाले चिसो रात गुजारेका हुन्।
शारदा ब्यारेजको पुलमा गएराति ११ बजेको दृश्य / तस्बिर : तारादत्त जोशी

कञ्चनपुर : कञ्चनपुरको सीमावर्ती भारतीय सहरस्थीत बनबासा पुलमा भारतीय सुरक्षाकर्मीले नेपाली मजदुर महिलालाई रातभर रोके। बनबासा जोड्ने महाकाली नदीमाथिको पुल (शारदा ब्यारेजको पुल) मा नेपाली महिलाले चिसो रात गुजारेका हुन्।

कञ्चनपुरस्थित महेन्द्रनगरका व्यापारीका लागि भारतीय सहरबाट साइकलमा सामान बोकेर जीवन निर्वाह गरिरहेका उनीहरूलाई भन्सारको गेट बन्द भएको भन्दै भारतीय सुरक्षाकर्मीले शुक्रबार राति पुलमै रोकेपछि बिजोग भएको हो। 

कञ्चनपुरस्थित महेन्द्रनगरका व्यापारीका लागि भारतीय सहरबाट साइकलमा सामान बोकेर जीवन निर्वाह गरिरहेका उनीहरूलाई भन्सारको गेट बन्द भएको भन्दै भारतीय सुरक्षाकर्मीले शुक्रबार राति पुलमै रोकेपछि बिजोग भएको हो। गेट नै नखोलेपछि नेपाली महिला मजदुरले पुलमै चिसो रात काटेका थिए। शनिबार बिहान पुल खोलेपछि उनीहरु नाका प्रवेश गरेका थिए। उनीहरुले नेपालीमाथी हेपाहा प्रबृती देखाएको भन्दै घोर भत्र्सना गरेका छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

3%

खुसी

46%

दुःखी

9%

अचम्मित

2%

उत्साहित

40%

आक्रोशित

सम्बन्धित समाचार