‘बुलाकी’ टिजरमा दमदार सुरक्षा र नरेन

आउँदो बैशाख १ गतेबाट प्रदर्शनमा आउन लागेको फिल्म ‘बुलाकी’को टिजर सार्वजनिक भएको छ । सुरक्षा पन्त र नरेन खड्काको मुख्य भूमिका रहेको फिल्मको टिजरमा कर्णालीको ग्रामीण जीवन, जारी प्रथा तथा सम्बन्धको विषयलाई प्रस्तुत गरिएको छ । श्रीमान श्रीमतीको रुपमा रहेका नरेन र सुरक्षा कर्णाली भेषभुषा र लवजमा दमदार देखिएका छन् ।

लक्ष्मण सुनार निर्देशित फिल्मलाई टोपेन्द्र विष्टले निर्माण गरेका हुन् । फिल्ममा विराज बिष्ट, रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादर राई, लक्ष्मण देवकोटा, प्रकाश कँडेल, सरस्वती खत्री लगायतको पनि अभिनय रहेको छ ।

छत्रेश्वरी म्यानेजमेन्टको ब्यानरमा मोति बिष्टको प्रस्तुति रहेको फिल्मलाई शिब ढकालले खिचेका हुन् । अर्जुन जिसीले सम्पादन गरेको फिल्मको स्क्रिप्ट निर्देशक स्वयम्, अभिनेता बिराज, राजबहादुर साने र निर्मल पौडेलले तयार गरेका हुन् । डोल्पा, जाजारकोट र रुकुम पश्चिमका बिकट स्थानमा खिचिएको फिल्मको बितरण त्रिनेत्रम् र एफडीले गर्नेछन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

100%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार