सोमबार सार्वजनिक बिदा: ‘जनयुद्धले परिवर्तनमा योगदान पुर्‍यायो’

सार्वजनिक बिदा

काठमाडौं : भोलि सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ। आइतवार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा बसेको मन्त्रिपरिषदको बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले नेपालको राजनीतिक परिवर्तनमा जनयुद्धले पुर्‍याएको योगदानको कदर गर्दै सार्वजनिक विदा दिने घोषणा गरेको हो। यसअघि वाग्मती प्रदेशले जनयुद्ध दिवसमा प्रदेशभर बिदा दिने निर्णय गरेको थियो।

यसैगरी यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक बिदा दिएको थियो।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

100%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार