विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा ‘रेडियो र शान्ति’ विषयमा वानको विशेष कार्यक्रम

रेडियो दिवसको अवसरमा काठमाडौँमा वानको विशेष कार्यक्रम
तस्बिर: हरि जोशी

काठमाडौँ : ब्रोडकास्टिङ एशोसिएशनअफ नेपाल(वान)ले विश्व रेडियो दिवसका अवसरमा ‘रेडियो र शान्ति’ विषयमा कार्यक्रम गरेको छ । १२ औँ विश्व रेडियो दिवसको पूर्व सन्ध्यामा उक्त कार्यक्रम काठमाडौँमा गरिएको हो । 

कार्यक्रममा सहभागी विभिन्न राजनीतिक दलका नेता, समाज शास्त्री, विज्ञ र रेडियोकर्मीहरूले रेडियोले शान्ति प्रक्रियामा महत्त्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गरेका थिए । 

राजनीतिक, सामाजिक र परिवारभित्रको शान्ति प्रक्रियामा पनि रेडियोले भूमिका खेलेको उदाहरणहरू पनि कार्यक्रममा प्रस्तुत गरिएको वानका केन्द्रीय कोषाध्यक्ष हरि जोशीले जानकारी दिनुभयो ।

यस्तै, कार्यक्रममा सहभागी सांसद विद्या भट्टराईले रेडियो र रेडियोकर्मीको समस्याका विषयहरू संसदमा राख्ने, नीति निर्माणमा सघाउने प्रतिबद्धता गर्नुभयो । उहाँले परिवर्तनका लागि सञ्चार माध्यमले धेरै ठुलो भूमिका खेलेको उल्लेख गर्नुभएको छ । 

त्यस्तै, प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत, सूचना विभागका महानिर्देशक शङ्कर नेपाल, न्यूनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष सङ्गीता खड्काले रेडियोले शान्ति प्रक्रियामा खेलेको भूमिकालाई सरकारी स्तरबाटै संस्थागत गर्नु पर्नेमा जोड दिनुभयो ।

यस्तै, समाज शास्त्री डाक्टर सुरेश ढकाल, शान्ति प्रक्रियाका अभियन्ता राधा पौडेलले समाज भित्रका द्वन्द्वलाई शान्ति प्रक्रियामा रुपान्त्रण गर्न केन्द्रित हुनुपर्ने सुझाव दिनुभयो ।

यसका साथै, मिडियाका अध्ययता डाक्टर सुधांसु दाहाल, डाक्टर भूमि चापागाईँले रेडियोले अबपारिवारीक शान्ति प्रक्रियालाई जोडेर समाजको शान्ति रुपान्त्रणमा रेडियोका विषयवस्तु केन्द्रित गर्नुपर्ने बताउनुभएको छ  । भने बागमती प्रदेशका सञ्चार रजिस्टार रेवती सापकोटाले केही नीतिगत समस्या रहेको उल्लेख गर्नु भयो । 

त्यस्तै, अभियन्ता राधा पौडेलले महिलाको महिनावारीको विभेदका कारण आएका समस्याहरूले पनि शान्ति स्थापना हुन नसकेको अवस्थामा रेडियोको भूमिका हुने औँल्याउनु भयो । भने पत्रकार विनोद ढुङ्गेलले रेडियोले गरेको राम्रो कामको जति चर्चा गरे पनि नपुग्ने बताउनुभयो ।

यस्तै, पत्रकार महिला निर्मला शर्माले नेपालमा सञ्चारकर्मी उत्पादन गर्ने महत्त्वपूर्ण भूमिका रेडियोका भएकाले समाजका मुद्दामा पनि रेडियोको अगुवाइ रहेको बताउनुभएको छ । 

अध्यक्ष कुमार भट्टराईको अध्यक्षता सम्पन्न भएको उक्त कार्यक्रम महासचिव नवीन बाबु राईले सञ्चालन  गर्नुभएको थियो । भने कार्यक्रमको सहजीकरण केन्द्रीय सदस्य बिनय गुरागाईँ र गोविन्द खड्काले गर्नु भएको थियो । 

फ्रेबअरी १३ का दिन विश्व सञ्चार जगतमा रेडियोले दिएको योगदान र त्यसले समाजमा ल्याएको परिवर्तनलाई सम्मान स्वरूप संसारभरका रेडियोकर्मीहरूले ’विश्व रेडियो दिवस’को रूपमा मनाउने गर्दछन् ।

मानव सभ्यताको विकास अनि परिवर्तित प्रजातान्त्रिक अभ्यासमा अघि बढ्दै गरेको संसारलाई जनमनमा प्रभावकारी सूचना प्रवाहमा रेडियोको । महत्त्वपूर्ण योगदान रहेको छ । देशभरिका व्यावसायिक रेडियोहरूको छाता संस्था वानले रेडियोका मुद्दामा निरन्तर पैरवी गरिरहेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार