रास्वपाको केन्द्रीय सदस्यमा थपिए रमेश प्रसाईं र ज्वाला संग्रौला पनि

रमेश प्रसाईं र ज्वाला संग्रौला

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सदस्यमा आफूलाई सामाजिक अभियन्ता भनेर चिनाउने ज्वाला संग्रौला र टिभी प्रस्तोता रमेश प्रसाईं पनि मनोनयनमा परेका छन् ।

सोमबार पार्टी कार्यायल बसुन्धारामा बसेको केन्द्रीय समितिको बैठकले संग्रौला र प्रसाईंसहित १६ जनालाई केन्द्रीय सदस्यमा मनोनयन गरेको हो ।

सोमबार थप १६ जना केन्द्रीय समितिमा मनोनयन भएसँगै पार्टीको केन्द्रीय सदस्य संख्या ४० पुगेको छ ।

रास्वपाको केन्द्रीय सदस्य बन्ने प्रसाईं पब्लिक स्पिकर नेपाल सिजन २ का विजेता तथा ग्यालेक्सी टेलिभिजनका प्रस्तोता हुन् । उनले ‘लालमोहर’ कार्यक्रम सञ्चालन गर्दै आएका छन् ।

यता, संग्रौला आफूलाई सामाजिक अभियन्ताका रुपमा चिनाउँदै आएकी छन् । रास्वपामा आउनुअघि संग्रौला अभियन्तासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि आबद्ध थिइन् । तर, पार्टी अध्यक्ष रवि लामिछानेले टिभी शो छाडेर पार्टीमा होमिएसँगै ज्वाला पनि राप्रपा छाडेर रास्वपाको गतिविधिमा सरिक थिइन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार