धनगढी उप-महानगरपालिकाले सार्वजनिक शौचालय डिजाइन प्रतियोगिता गर्दै

धनगढी उप-महानगरपालिका

धनगढी : धनगढी उप-महानगरपालिकाले उपमहानगरका लागि प्रस्तावित सार्वजनिक शौचालयको डिजाइन प्रतियोगिता गर्ने भएको छ । उप-महानगरले धनगढी उप-महानगर हाता भित्र सार्वजनिक शौचालय निर्माण गर्नको निम्ति उक्त प्रतियोगिता गर्ने भएको हो । 

नगरपालिका भवन र धनगढी पार्कको छेउमा रहेको  34.30mX 30.5m क्षेत्रफल रहेको सार्वजनिक शौचालयलाई भत्काएर नयाँ सार्वजनिक शौचालय निर्माण गर्ने तयारी उप-महानगरको रहेको छ । उक्त डिजाइनमा नगरपालिकाको पार्किङ आवश्यकता पनि पूरा गर्नुपर्ने जनाइएको छ । 

प्रतियोगितामा सहभागी हुनका लागी २०७९ फागुन २१ गते आइतबार सम्मको समय सीमा तोकिएको छ । भने सहभागीहरूलाई सबै कागजातहरू एउटै पिडिएफ र भिडियो फाइलमा उप-महानगरको इमेल ठेगाना info@sona.org.np or dhangadhimun2013@gmail.com मा पठाउन अनुरोध गरीएको छ । 

यस्तै, प्रतियोगितामा भाग लिनको लागी प्रतियोगी वास्तुविद् र वास्तुकलाका विद्यार्थीहरू,  तीन जना (अधिकतम) व्यक्ति वा टोलीले डिजाइन प्रतियोगितामा भाग लिन सक्ने छन् । भने टोलीका सदस्यहरू मध्ये एक सोना सदस्य हुनुपर्ने छ । यसका साथै, सहभागी वास्तुकारहरूसँग सोसाइटी अफ नेपाली आर्किटेक्ट सोनाको वैध/नवीकरण सदस्यता हुनुपर्ने प्रावधान राखिएको छ । 

त्यस्तै, सबै प्रतियोगीहरू लाई सहभागिताको प्रमाणपत्र तथा दुई जना विजेताहरूलाई नगद पुरस्कार अन्तरगत प्रथम पुरस्कार – रु. १,२५,००० र दोस्रो पुरस्कार रु. ७५,००० प्रदान गरिने उपमहानगरले जनाएको छ । भने पुरस्कार राशिमा कर मापदण्ड अनुसार काट्ने समेत उपमहानगरले स्पष्ट पारेको छ । 

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

60%

अचम्मित

40%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार