५० लाखभन्दा बढी मूल्यको लागुऔषध सहित १३ जना पक्राउ

५० लाखभन्दा बढी मूल्यको लागुऔषध सहित १३ जना पक्राउ

काठमाडौं : नेपाल प्रहरीले लागुऔषध कारोबारमा संलग्न ६ जना विदेशी नागरिकसहित १३ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।

लागुऔषध कारोबारमा संलग्नमध्ये ४ जना थाई नागरिक, २ जना भारतीय र ७ जना नेपाली गरी कुल १३ जनालाई विभिन्न मितिमा पक्राउ गरी सार्वजनिक गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट ब्रुपेनोर्फिन, डाइजेपाम र फेनारगन, चरेस, खैरो हेराइन लगायतका लागु औषध बरामद गरेको छ । ति लागु औषधको बजार मूल्य ५० लाखभन्दा बढी रहेको प्रहरीले जनाएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार