कानुनसँगै केएमसीमा नव आगन्तुक संकायका विद्यार्थीहरुको स्वागत

कानुनसँगै केएमसीमा नव आगन्तुक संकायका विद्यार्थीहरुको स्वागत

धनगढी : मंगलबार कैलाली वहुमुखी क्याम्पसमा अध्ययनरत मानविकी, व्यवस्थापन , विज्ञान ,शिक्षाशास्त्र र कानून संकायका दोस्रो सेमेस्टरमा अध्यनरत विद्यार्थीहरु र क्याम्पस प्रशासनद्वारा प्रथम सेमेष्टरमा भर्ना भइ नवअागन्तुक विद्यार्थीहरुलाई स्वागत कार्यक्रम सपन्न भएको छ ।

क्याम्पस प्रमुख प्राध्यपक डा. धर्मराज उपाध्यायको प्रमुख आतिथ्यतामा आयोजना गरिएको उक्त स्वागत कार्यक्रममा क्याम्पस मा रहेका सवै संकायका विभाविग प्रमुख , क्रियासिल विद्यार्थी संगठनका प्रमुख हरु अतिथि रहेका थिय । कैलाली क्याम्पस मा अध्ययनरत अायाेजक दाेस्राे , प्रथम सेमेस्टरमा अध्ययनरत र अन्य विद्यार्थीहरु उपस्थित थिए ।

कार्यक्रमा विभिन्न विद्यार्थीहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरे । कार्यक्रममा वोल्दै क्याम्पस प्रमुख उपाध्यायले सुदूरपश्चिम विश्व विद्यालयको कोर्स नयाँ र व्यवहारीक ढङ्गले तयार पारिएकोले अध्ययनशील र लगनशील हुँदै आफ्नो भविष्य निर्माणमा लाग्न अनाेराेध गरे ।

समेष्टर सिष्टम भएकाले विद्यार्थी हरुले अनिवार्य ८० प्रतिशत क्याम्पस मा हाजिर हुनु पर्ने र ३ क्रेडिट वाउर अनुसार शिक्षक र विद्यार्थी अध्ययन अध्यापन गराउनु पर्ने निर्देशन क्याम्पस प्रमुख उपाध्याउले दिए । क्याम्पस मा अध्ययरत विद्यार्थी विश्व बजारमा विक्ने शिक्षा दिने हाम्राे चाहाना रहेकाे यसमा सवले सहयाेग गर्नु पर्नेमा उनकाे जाेड छ ।

यस्तै सवै विद्यार्थी संगठन काे प्रतिनिधिकन रुपमा विचार राख्दै नेविसंघ कैलाली बहुमुखी क्याम्पस का नेता राेशन उपाध्याय सुवेदीले नवअान्तुक विद्यार्थी लाई स्वागत गर्दै कैलाली क्याम्पस सुप मात्रै नभएर अन्तरास्ट्रिय स्तरकै उत्कृष्ट विश्वविद्यालय बनाउन शिक्षक र विद्यार्थी ले मेहेनत गर्नु पर्ने बताए । जसका लागि सवै विद्यार्थी संगठनले साथ र सहयाेग गर्नु पर्नेमा उनले जाेड दिए ।

स्वागत कार्यक्रम कैलाली बहुमुखी क्याम्पस मा अध्ययनरत कानून संकाय , व्यवस्थापन , शिक्षा , मानविकी र विज्ञान संग सम्वन्धित सवै कार्यक्रम मंगलबार सम्पन्न भएका छन् ।
साे कार्यक्रम मा सवैकाे सहभागीता रहेकाे थियाे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

67%

खुसी

0%

दुःखी

33%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार