धनगढीको शिक्षा क्षेत्रमा नयाँ ‘साइनो’, साइनो एजुकेशन प्रा.लि

धनगढीको शिक्षा क्षेत्रमा नयाँ 'साइनो', साइनो एजुकेशन प्रा.लि

कैलाली : सुदूरपश्चिमको अस्थायी राजधानी धनगढीमा शनिबारदेखि साइनो एजुकेशन सञ्चालनमा आएको छ ।

सुदूरपश्चिममै राम्रो पढाइको वातावरण मिलाउने उद्देश्यसहित युवा व्यवसायी रोहित चन्द र पदमराज जोशीको संयुक्त लगानीमा साइनो एजुकेशन प्रा.लि सञ्चालनमा ल्याइएको हो ।

शनिबार महाशिवरात्रिका अवसरमा धनगढी उपमहानगरपालिकाको हसनपुरमा सो प्रा.लिको उद्घाटन सुदूरपश्चिमका शिक्षा विद् डा. हेमराज पन्तले गरेका हुन् । उनले प्रा.लि उद्घाटन गर्दै दुईजना युवा व्यवसायीहरुलाई सफलताको शुभकामना व्यक्त गरे ।

यस्तै धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले पनि एजुकेशनको सफलताको कामना गर्दै सञ्चालक चन्द र जोशीलाई बधाई तथा शुभकामना व्यक्त गरे । साइनो एजुकेशन प्रालिका सञ्चालक चन्दका अनुसार साइनोमा विभिन्न कक्षाका अतिरिक्त कक्षा, कन्सल्टेन्सी, लोकसेवा, शिक्षक सेवा तथा अन्य कक्षाहरू सञ्चालनमा आउने छन् ।

सुदूरपश्चिममै राम्रो पढाइको वातावरण मिलाउने र यहाँका विद्यार्थीलाई यही क्षेत्रमा उत्कृष्ट शिक्षा दिन एजुकेशन सञ्चालन गरेको उनले बताए । तत्कालका लागि ट्युसन कक्षाहरू सञ्चालनमा रहेको र आगामी दिनहरूमा कन्सल्टेन्सी, लोकसेवा, शिक्षक सेवा तथा अन्य कक्षाहरू पनि सञ्चालनमा ल्याउने उनको भनाई छ ।

‘ठूलो जनशक्ति पढ्नको लागि काठमाडौं जाने परम्परा तोड्नको लागि आफूहरूले धनगढीमै साइनो सञ्चालनमा ल्याएका हौँ,’ उनले भने,’काठमाडौंकै गुणस्तरमा त्यहाँका शिक्षकहरूलाई धनगढीमा उपलब्ध गराउने प्रयास गर्छौँ ।’

उनले अब लोकसेवा लगायतका विभिन्न तयारी कक्षा लिन धनगढी बाहिर जानुपर्ने बाध्यताको अन्त्य भएको दाबी गरे । यसै गरी अर्का सञ्चालक जोशीले यस अघि पनि शिक्षाको क्षेत्रमा आफूले काम गरिसकेको बताउँदै अब आफूले सुदूरपश्चिमको शिक्षा क्षेत्रमा फरक काम गर्ने दाबी गरे ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

100%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार