मंगलबार देशभर सार्वजनिक बिदा

सार्वजनिक बिदा

काठमाडौं : सरकारले फागुन ९ गते मंगलबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ। शेर्पा समुदायको ग्याल्बो ल्होसारको अवसरमा सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको हो।

ल्हो’ को अर्थ वर्ग र ‘सार’ को अर्थ फेरिनु भएकाले वर्ग फेरिने दिनलाई ‘ग्याल्बो ल्होसार’ भनिएको हो। एक महिनासम्म मनाइने ल्होसारको भोली पहिलो दिन रहेको छ।

मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्बो ल्होसारलाई विभाजन गरिएको छ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार