शनिवार शिवपुरी धाममा सरसफाइ

धनगढीमा जागौँ युवा संस्थाले सरसफाई अभियानलाई निरन्तरता दिएको छ।

धनगढी : धनगढीमा जागौँ युवा संस्थाले सरसफाई अभियानलाई निरन्तरता दिएको छ। शनिबार धनगढी उपमहानगरपालिका-४ मा रहेको शिवपुरीधाममा सरसफाई गरेर उक्त अभियानलाई जारी राखिएको हो।

शिवपुरीधाममा रहेका मन्दिरहरुको वरिपरि सरसफाइ गरि मन्दिर परिसर चिटिक्क पारिएको संस्थाका उपाध्यक्ष महेश बडुले बताए ।

संस्थाले मंसिर २४, पौष २, पौष ९ र पौष २३ गते शिवनगर खोलामा रहेको स्टिल पुल (टिकटक पुल) मुनी रहेको फोहर सफा गरेको उनले बताए । विगतका साताहरुमा पनि गरिदै आएको उक्त सरसफाइ अभियानलाई अगामी दिनमा पनि निरन्तरता दिइने जनाइएको छ ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार