एकिकृत पाठ्यक्रम (१~३)सम्बन्धी क्षमता विकास कार्यक्रम सम्पन्न

जयपृथ्वी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शिक्षकहरुका लागि दुई दिने एकिकृत पाठ्यक्रम सम्वन्धी क्षमता विकास तालिम सम्पन्न भयको छ ।

बझाङ : जयपृथ्वी नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाको आयोजनामा शिक्षकहरुका लागि दुई दिने एकिकृत पाठ्यक्रम सम्वन्धी क्षमता विकास तालिम सम्पन्न भयको छ । आधारभुत तह कक्षा १~३ मा अध्यापन गराउने शिक्षकहरुलाई एकिकृत पाठ्यक्रम सम्वन्धी क्षमता विकास गर्ने उध्येस्यले तालिमको आयोजना गरिएको हो ।

फागुन १२ गतेवाट सुरु भयको तालिम सोमवार (आज)सकिएको हो । तालिममा जयपृथ्वी नगरपालिकाका ४५ ओटा विधालयका ९० जना शिक्षकहरुको सहभागितारहेको थियो । पहिलो चरणमा १२ र १३ गते नगरपालिकाका ७,८,९,१०र ,११ नॅम्वर वडाका विधालयका शिक्षकको सहभागिता रहेको थियो भने दोस्रो चरणमा वडा नॅ १,२,३,४,५र ,६ नॅ वडाका विधालयका शिक्षकहरुको सहभागिता रहेको थियो ।

दुई चरण गरेर चार दिन सम्म सॅचालन भयको क्षमता विकास तालिममा जयपृथ्वी नगरपालिकाका शिक्षा अधिकृत निरज प्रशाद रेग्मी र प्राविधिक सहायक देवेन्द्र प्रशाद जोशीले सहजिकरण गर्नु भयको थियो ।

तालिम अवधिभर विधालयकको कक्षा १ देखि ३ सम्म लागु भयको एकिकृत पाठ्यक्रम सम्बन्धी जानकारी तथा सो पाठ्यक्रममा अवलम्वन गर्नु पर्ने मुल्याङ्कन प्रणालीका वारेमा सहजिकरण गरिएको थियो । तालिमपछि अव बिधालयमा मुल्याङकन प्रणाली तथा शिक्षण सिकाई प्रक्रियामा सहयोग पुग्ने सहभागि शिक्षकहरुले वताएका छन । तालिम जयपृथ्वी नगरपालिकाका नगर प्रमुख चेतराज वजालको सभापतित्वमा सम्पन्न भयको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार