नवज्योती आधारभुत विधालयको २१ औ वार्षिकोत्सव सम्पन्न

धनगढी : धनगढी उपमहानगर पालिका १३ श्रीलॅकामा रहेको नबज्योती आधारभुत विधालयले विविध कार्यक्रम सहित २१ औ वार्षिक उत्सव कार्यक्रम सम्पन्न गरेको छ ।

बिधालय व्यवस्थापन समितिका अध्यक्ष लाल वहादुर चौधरीको सभापतित्वमा सम्पन्न भयको कार्यक्रममा वडा नॅ १३ का वडाध्यक्ष बिजयराज जोशी प्रमुख अतिथि रहनु भयको थियो । कार्यक्रममा धनगढी उपमहानगरपालिका शिक्षा अधिकृत विशिष्ट अतिथि रहनुभयको थियो ।
विधालयका शिक्षक सरस्वती भट्ट र रुद्र लामाले सॅचालन गरेको कार्यक्रममा विधालयका प्रधानाध्यापक खगेन्द्र भण्डारीले गत आर्थिक वर्षको ६४ लाख ६९ हजार ३७८ रुपैया वरावरको आय व्यय प्रस्तुत गर्नु भयको थियो ।
कार्यक्रममा सरस्वती मावि गेटाका प्रधानाध्यापक सुरज थापा,त्रिभुवन माविका प्रधानाध्यापक सिताराम अवस्थी ,राष्ट्रिय तुलसीराम माविका प्र अ गणेश भट्ट,जनता मा वि गेटाका प्र अ राम प्रशाद फुलारा,भगवति आधारभुत विधालयका प्र अ रामकृष्णराना , लगाएतको उपस्थिती रहेको थियो। सो अवसरमा बिभिन्न सास्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार