SKIP THIS

S.P.A  Collage

एसपी अधिकारी प्रबल जनसेवाश्रीबाट  विभूषित

एसपी अधिकारी

जिल्ला प्रहरी कार्यालय कैलालीका पूर्व प्रहरी प्रमुख  प्रहरी उपरीक्षक (एस पी) विश्व अधिकारी प्रबल जनसेवाश्री पदवीबाट विभूषित भएका छन् ।

असोज ३ गते संविधान दिवसका दिन घोषित विभूषण मध्ये प्रबल जनसेवाश्री प्राप्त गरेका उनलाई  आज शितल निवासमा आयोजित कार्यक्रममा सम्माननिय राष्ट्रपति रामचन्द्र पौडेलद्वारा विभूषित गरिएको हो।

कैलालीमा रहदा लागुऔषधको प्रभावकारी नियन्त्रण, चोरी निकासी पैठारी नियन्त्रण, टिकापुरमा भएको नाबालक हत्या, बडुवाल हत्या र अर्जुन दास हत्या जस्ता राष्ट्रिय चर्चाको बिषय बनेका केसहरुको सफल अनुसन्धान गर्नुका साथै कोभिड व्यवस्थापन एवम् बेमौसमी बाढीको अवस्थामा समेत प्रभावकारी रुपमा प्रहरी परिचालन गरी उल्लेख्य भुमिका निर्वाह गरेका थिए ।

एस पी अधिकारीले समुदाय प्रहरी साझेदारी कार्यक्रमलाई अझै प्रभावकारी बनाउन नविनत् कार्यक्रमको रुपमा “हामीसंग हाम्रा प्रहरी” र लागु औषध नियन्त्रणका लागि “हाम्रा सन्ततीको भविष्य बचाउँ” कार्यक्रमको सुरुवात गरेका थिए ।

जिल्लामा उत्कृष्ट कार्य सम्पादन गरे बापत प्रदेश प्रहरी कार्यालय सुदुरपश्चिमबाट दुई पटक पुरस्कृत भएका अधिकारीलाई नेपाल प्रहरीले केन्द्रियस्तरबाट सिफारिस गरेको थियो ।

अधिकारी हाल प्रहरी प्रधान कार्यालय नक्सालको युएन शाखामा प्रमुखका रूपमा कार्यरत छन् ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार