SKIP THIS

S.P.A  Collage

मदन भण्डारी कलेजले नाटक प्रदर्शन गरी मनायो प्रेस स्वतन्त्रता दिवस

धनगढी : मदन भण्डारी मेमोरियल कलेजमा नाटक प्रदर्शन गरेर विश्व प्रेस स्वतन्त्रता दिवस मनाइएको छ ।

आज कलेजको सभाहलमा सञ्चार अध्ययन केन्द्र (सीएससी) द्धारा आयोजित कार्यक्रममा विद्यार्थीहरूले ‘स्वतन्त्रताको हुँकार नाटक प्रदर्शन गरेका हुन् । कार्यक्रममा विभिन्न तहका विद्यार्थी सहभागि भएका थिए ।

पछिल्लो समय नेपालमा प्रेस स्वतन्त्रताको अवस्था झल्काउने नाटक प्रस्तुत गरिदै आएका छन् । नाटकमा नेपालको समसामयिक राजनीतिक अवस्था र पत्रकारमाथि हुने ज्यादती र हस्तक्षेपलाई व्यंग्यात्मक रूपमा प्रस्तुत गरिएको छ ।

यस्तै, नाटकले पत्रकारहरूले गर्दा समाज परिवर्तन हने हुँदा, सञ्चारकर्मीले पनि सच्चिनुपर्ने सन्देश दिएको छ । छिटो समाचार दिने चटारो र प्रसंसा कमाउने लोभमा गलत सूचना प्रवाह गर्नु पत्रकारहरूको कमजोरी रहेको नाटकमार्फत व्यङ्ग्यात्मक रूपमा देखाइएको छ ।

उक्त नाटक विद्यार्थी दृष्टि श्रेष्ठले रचना गरेकी थिइन् भने नाटकलाई विद्यार्थी इसान पौडेल र दया दूधराजले निर्देशन गरेको सञ्चार अध्ययन केन्द्रका सदस्य निराजन खड्काले जानकारी दिए । सदस्य खड्काका अनुसार नाटकको पात्रहरूमा आस्मा सेन्चुरी, क्रितिका सुवेदी, नीरज देवकोटा, रामकृष्ण भट्ट, ईश्वर गौतम थिए । नाटकको कथाकारको भूमिका प्रकृति थापाले निर्वाह गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि कलेजका प्रमुख रमेश चन्द्र पौडेल, अतिथि सहायक क्याम्पस प्रमुख, कमल न्यौपाने अतिथी , स्कुल आफ लिबरल आट्सका पत्रकारिता प्रमुख रघु मैनालि, अतिथिमा पत्रकारिताका शिक्षक रविराज बरालक थिए ।

(सञ्चार अध्ययन केन्द्र) सीएससीका अध्यक्ष दया दुदराजले नेपालमा पछिल्लो समय समाजसेवाको आडमा अवेध ठगि हुने गरेको घटना बढ्दो छ, त्यसलाई मध्यनजर गर्दै नाटक मार्फत जनचेतना फैल्याउने र नेपालमा पत्रकारिता माथिको राजनीतिक हस्तक्षप पनि रहेको कुरालाई कोट्याउने जमर्को गरेको तथा आगामी दिनमा यस्तै कार्यक्रम गर्दैजाने बताए ।

यो समाचार पढेर तपाइलाई कस्तो लग्यो ? प्रतिक्रिया दिनुहोस्

0%

खुसी

0%

दुःखी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

सम्बन्धित समाचार